udhghosan talimतुलसीपुर १८ माघ ।  महिलाहरु पनि सामाजिक कार्यमा लाग्नु पर्ने एक कार्यक्रममा सहभागी महिलाहरुको जोड छ । महिलाहरु चुलोचौकोमा मात्र सिमित नभई सामाजिक कार्यमा लाग्नु पर्ने उनीहरुको भनाई छ ।

तुलसीपुर नगरपालिकाको सहयोगमा तुलसीपुर १५ प्रसेनीमा भएको चारदिने उदघोष कला तालिमको समापन कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । तुलसीपुर १५ की महिला संजाल अध्यक्ष रुपा जिसिको अध्यक्षयता तथा तुलसीपुर नगरपालिकाका समाज कल्यान अधिकृत टोप बहादुर डाँगीको बिशिष्ट आतिथ्यतामा तालिमको समापन गरिएको हो ।

कार्यक्रममा प्रशिक्षक तुलसीपुर नगरपालिकाका सुचना प्रमुख भरेन्द खरेल,वसन्त विवस आचार्य, तुलसीपुर नगर वाल सञ्जालका अध्यक्ष कमल नेपाली, वडा नागरीक मञ्चका संयोजक नन्दा जिसी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले मन्तब्य ब्यक्त गरेका थिए ।

उनीहरुले तालिममा सिकेका सीपलाई ब्यबहारमा उतार्न सहभागीहरुलाई अनुरोध गरेका थिए । कार्यक्रमको सहजीकरण तुलसीपुर १५,१६ र १७ का सामाजिक परिचालक गायत्री पोखरेलले गरेकी थिईन् ।