greatदिपक कुमाल , तुलसीपुर १७ माघ । ग्रेट अरनिको इङिलस सेकेन्डरी स्कुल तुलसीपुरले बिभिन्न कार्यक्रम गरी २० औ बार्षिक उत्सब तथा अभिभाबक दिवस मनाएको छ । दिवसको अवसरमा बिद्यार्थीहरु बिच फुटवल, कुर्सीदौड, लङजम्प प्रतियोगिता भएको छ ।

त्यस्ते शिक्षकहरुबिचमा स्लो बाईक रेस, कुर्सि दौड लगाएतका खेल भएका छन् । जस अन्र्तगत फुटवल तर्फ निलो समुह प्रथम र रातो समुह द्धितिय भएका छन भने लङजम्पमा कक्षा ९ का सफल योगी प्रथम, कक्षा ११ का धन बहादुर चौधरी द्धितिय र सुक बहादुर चौधरी अनि विनोद शाहि तृतीय भएका छन् ।

त्यस्तै छात्रा तर्फ कक्षा ५ देखि ८ सम्मको कुर्सि दौडमा कक्षा ७ कि करुणा सुनार प्रथम , कक्षा ६ की पूर्णिमा खड्का द्धितीय र कक्षा ५ की लक्ष्मी सुनार तृतीय भएका छन् ।

त्यस्तै कक्षा ९ देखि १२ सम्मको छात्रा कुर्सि दौडमा कक्षा १२ कि अस्मिता देवकोटा प्रथम , कक्षा ९ की लक्ष्मी भण्डारी द्धितिय र कक्षा १२ की संगीता बिसी तृतीय भएका छन् ।

शिक्षक तर्फ स्लो बाइक रेसमा नारायण भटराइ प्रथम, अमर भण्डारी द्धितिय र नवराज भण्डारी तृतिय भएका छन् भने महिला शिक्षक तर्फ भएको कुर्र्सी दौडमा मिरा आचार्य प्रथम , कमला वली द्धितीय र निर्मला आचार्य तृतीय भएकी छिन् ।

विद्यालयले राप्ती अञ्चल अस्पतालमा भर्ना भएका विरामीहरुलाइ फलफुल वितरण गरेको छ भने तुलसीपुरको सुन्दर नगरमा रहेको ज्ञान ज्योती प्रा वि का ६० जन गरिव तथा जेहेन्दार विद्यार्र्थीहरुलाइ न्यानो कपडा वितरण गरेको छ भने कार्यक्रममा विद्यालयका प्रिन्सिपल मान बहादुर बस्नेतले माघ १८ गते विद्यालय प्राङणमा सम्पन्न हुन गइरहेको वार्षिकउत्सव तथा अभिभावक दिवसमा सम्पुर्ण अभिभावक , वुद्धिजीवी, प्रत्रकार तथा शुभ चिन्तक सवैमा सहभागी भइदिनुहुनुका साथै विद्यार्थीहरुलाइ थप हौसल्हा तथा सल्लाह सुझावकालागि अनुरोध गरेका छन् ।