narayan bhattaraiतुलसीपुर १८ माघ ।   नयाँ शक्ति नेपाल दाङले हस्ताक्षर अभियान शुरु गरेको छ । सोमबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी केन्द्रिय कार्यक्रम अन्तरगत दाङमा पनि हस्ताक्षर अभियान सञ्चालन गरेको हो । नेपालमा राजनीतिक स्थायित्व, दिगो बिकास, सुशासन तथा आर्थिक संबृद्धि मार्फत समुन्नत नेपाल निर्माण अभियानलाई सफल पार्न हस्ताक्षर अभियान सञ्चालन गरिएको नयाँ शिक्ति नेपाल दाङका संंयोजक नेत्रलाल भट्टराई (नारायण ) ले जानकारी दिए ।

 निर्बाचित कार्यकारी राष्ट्रपतिय प्रणली र पुर्ण समाणुपातिक ब्यबस्थापिका संसद प्रणालीमा देशलाई हस्ताक्षर अभियान शुरु गरिएको उनले बताए । तुलसीपुरको बिरेन्द्र चोकबाट अभियानको उदघाटन गरिएको हो । दाङबाट दश हजार हस्ताक्षर संकलन गर्ने लक्ष्य रहेको संयोजक भट्टराईले जानकारी दिए ।  देशभरबाट दश लाख हस्ताक्षर संकलन गर्ने नयाँ शक्तिको उदेश्य छ ।

 भट्टराईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नयाँ शक्ति दाङका  तत्कालिन तथा दिर्घकालिन कार्यक्रम सार्बजनीक गरिएको थियो ।  नयाँ शक्ति दाङले तीन महिने घरघरमा नयाँ शक्ति अभियान सञ्चालन गर्ने जनाएको छ । तीन महिने अभियानबाट सदस्यता संख्या बढाउने संयोजक भट्टराईले बताए ।

उनले अहिले एक हजार पाँच सय  सदस्यता भएको र अभियानबाट त्यसलाई बढाएर पाँच हजार पु¥याउने उदेश्य रहेको बताए ।  साथै नयाँ शक्ति नेपाल दाङ निर्बाचन आयोगमा दर्ता भएको छ ।

पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य हरि प्रशाद रिजालले देशलाई आर्थिक बिकास र समृद्धि तिर लैजान तर्फ नयाँ शक्ति नेपालको राजनीति केन्द्रित रहने बताए । नेपाल प्राकृतिक स्रोत साधनको धनि भएपनि सहि सदुपयोग हुन नसक्दा यहाँका युवाहरु बिदेशिनु पर्ने बाध्यता रहेको उनले बताए । यसलाई न्युनिकर गर्न नयाँ शक्तिले अभियान थाल्ने रिजालले बताए ।

सम्मेलनमा अर्का केन्द्रिय सदस्य धिरज शेर्पाईलीले समाजबाद र नब उद्धारबाद असफल भएकाले नयाँ बिचार धारा दिने पार्टी नयाँ शक्ति भएको बताए । सत्ता गिराउने र टिकाउने अहिलेको राजनीतिक प्रणालीले देश सम्बृद्धि तर्फ जान नसक्ने उनको भनाई थियो । कार्यक्रमको सहजीकरण  जिल्ला सदस्य बामदेब भुषालले गरेका थिए ।

यस्तै नयाँ शक्ति दाङले नयाँ नेतृत्व पाएको छ । नेत्रलाल भट्टराईको संयोजकत्वमा ७५ सदस्यीय नयाँ कार्यसमित चयन गरिएको छ ।  यस अघि नयाँ शक्ति दाङको संयोजक  धिरज शिर्पाईली थिए ।