nepal-electricity-office-

भरतराज शर्मा , तुलसीपुर १८ माघ ।   नेपाल विद्युत्त प्राधिकरण तुलसीपुर शाखामा कार्यरत १२ कर्मचारी एकैसाथ सरुवा भएका छन । नेपाल सरकारले विद्यूत्त चुहावटका साथै आर्थिक अनियमित्तामा संलग्न केहि कर्मचारीलाई कार्वाही गरेपछि कर्मचारी सरुवाको रणनिति अनुसार प्राधिकरण केन्द्र तुलसीपुरका कर्मचारी सरुवा भएको वताईएको छ ।

एकै चोटि भएको सरुवामा प्राधिकरण केन्द्र तुलसीपुरका ईन्जीनियर सञ्जिवि राय देखि मिटर रिडर राम अवतार शाह सम्म सरुवामा परेका छन । नेपाल विद्युत्त प्राधिकरण केन्द्रिय कार्यालयको माघ १० गतेको निर्णय अनुसार सरुवा भएका प्राधिकरण तुलसीपुर साखाका कर्मचारीहरुले सोमवार सरुवा भएको स्थानमा जानकालागि कार्यालयवाट रमना वुझेको जनाईएको छ ।

को कहाँ सरुवा
कार्यालयका ईन्जीनियर सञ्जिव राय वर्दियामा सरुवा भएका छन भने प्राधिकरणका प्राविधिकहरु देवेन्द्र सिह वैरागि ,विक्रम हमाल ,मोतिलाल थापामगर वाँकेमा सरुवा भएका छन । त्यस्तै प्राविधिक प्रकाश देवकोटा, तुलसी राम डाँगी ,रामअवतार शाह यमवहादुर केसी, महेन्द्र थापा गिरीराज गौतम र मुकुन्दीराज कठरीया गरी ७ जना कर्मचारी जिल्लाकै घोराहि शाखामा शरुवा भएका छन ।

क्यासीयर पुर्णिमा आचार्यको नेपाल विद्युत्त प्राधिकरण सल्यान शाखामा सरुवाभएको समाचार श्रोतको भनाई छ । कार्यालय प्रमुख टंकराज गिरी कार्यालयका लेखा प्रमुख र क्यासीयर मालता आचार्य ३ ड्राईभर र एक हेल्परको  भने सरुवा नभएको जनाईएको छ । श्रोतका अनुसार क्यासीयर मालता आचार्य वढुवा भई पाँचौ तहमा पुगेको जनाईको छ । नयाँ कर्मचारीको हाजिर नहुँदा सम्म नेपाल विद्युत्त प्राधिकरण शाखा कार्यालय तुलसीपुरमा सेवा ग्राहिको काम प्रभावित हुने जनाईएको छ ।

कार्यालयमा जरा गाढेर बसौ देखि बसीरहेका कर्माचारीहरुके सरुवाले तुलसीपुर शाखा सुधार हुने अनुमान उपभोक्ताहरुको रहेको छ ।