नवलपरासी – गैँडाँकोट–९ थुम्सीमा आज पाटे बाघ गाउँ पसेपछि स्थानीयवासी त्रसित भएका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघ गाउँमा पसेपछि हारगुहार गर्दै स्थानीयवासी चिच्याउन लागेपछि बाघ नजिकैको युनाइटेड पोलिस्याक्स उद्योगभित्र प्रवेश गरेको थियो । कोठाभित्र पसेको बाघलाई अहिले ताल्चा लगाएर राखिएको सेक्टर वन कार्यालय कावासोतीका प्रमुख कृष्णप्रसाद देवकोटाले बताए ।

bengal-tiger6