दाङ, माघ १७ । जनता विद्यापीठ बिजौरीको नेपाली तथा साहित्य विभागद्वारा संयुक्तरुपमा नियमित विभागीइ गोष्ठी शुक्रबार बिजौरीमा सम्पन्न गरिएको छ ।
sanskritउपप्राध्यापक धु्रवराज गौतमले गोष्ठीमा भानुभक्तीय बधू शिक्षाको निक्र्यौल तथा यसमा निहित उपदेशहरुको विवेचना’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि सहप्राध्यापक बाबुराम आचार्यले टिप्पणी गर्नुभएको थियो ।

नेपाली विभागका अध्यक्ष उपप्राध्यापक रम्भाकुमारी अर्यालको अध्यक्षता र विद्यापीठका प्राचार्य सहप्राध्यापक माधव अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । विद्यापीठका विभिन्न विभागका प्राध्यापकहरुको उपस्थितिमा सम्पन्न कार्यक्रमको सञ्चालन उपप्राध्यापक डा. खगेन्द्रप्रसाद घोडासैनीले गर्नुभएको थियो ।