Sravan Rajaureनारायणपुर, १७ माघ ।  नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १४ औँ साधारण सभा एवं पाँचौ अधिवेशनबाट कुलप्रसाद रजौरे (श्रवण) पुन अध्यक्षमा निर्वाचिती हुनुभएको छ । अधिवेशन अन्र्तरगत निर्वाचन कार्यक्रम अनुसार रजौरेको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो । जसको उपाध्यक्ष रेशम वस्ने महासचिवमा अशोक शर्मा, सचिवमा सन्तोष केसी, कोषाध्यक्षमा महेश लम्साल र सदस्यहरुमा लक्ष्मी आचार्य, योगेन्द्र बस्नेत, गहनी चौधरी, प्रकास सुवेदी सुन्दर बस्नेत, बसन्त न्यौपाने, र वालचन्द्र वुढाथोकी, विजय थापा रहनुभएको छ । सफत ग्रहण १९ गते १ वजे हुने निर्वाचन समितीका सदस्य युवराज वस्नेतले जानकारी दिनुभएको छ ।