नवीन अभिलाषी
दाङ १७ माघ । घोराहीमा हुन थालेको महोत्सबको तयारीका लागि विभिन्न युवा क्वलहरु संग आयोजकले छलफल गरेको छ । घोराहीमा माघ २७ गते देखि सुरु हुने मध्यपश्चिम ब्यापारिक, सास्कृतिक एवं पर्यटन महोत्सब २०७३ लाई भब्य र सभ्य रुपमा सफल पार्नको लागि युवाहरुको भुमिका महत्वपुर्ण रहने भन्दै महोत्सब मुल आयोजक समितिले घोराही आसपासका युवा क्लबहरु संग छलफल गरेको हो ।
घोराही बजार क्षेत्र, लक्ष्मीपुर, हापुर, लगाएतका २२ वटा युवा क्वबका प्रमुख तथा प्रतिनिधिहरुले महोत्सब सफल पार्नको लागि आफ्नो तर्फबाट हुने सम्पुर्ण सहयोग गर्ने बताएका छन । पछिल्लो समय युवाहरुको लागि खेलकुदको विकासका लागि राम्रो खेल मैदान भएको बेला मैदानको स्तारोन्नतीका लागि आयोजना गर्न थालेको महोत्सबलाई आफ्नो तर्फबाट सहयोग हुने उनिहरुले बताएका छन ।
घोराहीको युएनविसी, रतनपुर युवा क्वब, लक्ष्मीपुरको सुनछहरा युवा क्लब, दाङ बक्सिङ क्लब, डुम्मरगाउँको ड्रिमल्याण्ड युवा क्लब, बडहरा युवा क्लब, किसान जागृत युवा क्लब, युवा जागरण क्लब, चौघेरा युवा क्वबल, पुर्सेखाली युवा क्वल, सुनौलो विहानी युवा क्लब, गिठेपानी युवा क्लब, दाङ बास्केट बल संघ, राप्ती स्पोर्ट क्लब, घोराही ११ को फुटबल क्लब, दाङ क्रिकेट संघ, नवलपुर युवा क्लब, बुद्ध स्पोर्ट, यूएनविसी फुटबल एकेडेमी, एनएफसी, अल्फा एकेडेमी र रमनाको अटल युवा क्लबले महोत्सब सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।
नवलपुरमा रहेको खेलकुद मैदानको स्तारोन्नतीका लागि आयोजना गर्न थालिएको महोत्सबले लागु औषध दुब्र्यसनी न्युनिकरण, ट्राफिक सचेतनाको विकासमा सहयोग पुग्ने आयोजकले अपेक्षा राखेको छ । २ सय ५० बढि स्टलहरु रहने महोत्सबमा स्थानिय ब्यापार व्यवसायलाई प्रर्बधन, कृषिजन्य बस्तुहरुको प्रचारप्रसार, पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसारलाई प्राथमिकातामा राखेको महोत्सबका प्रचारप्रसार संयोजक नवीन अभिलाषीले जानकारी दिनुभएको छ । अहिले सम्म ५० प्रतिशत भन्दा बढि स्टलहरु बुकिङ भैसकेको महोत्सब मुल आयोजक समितिले बताएको छ । त्यसमध्य धेरै जसो स्थानिय व्यवसायीहरु रहेको आयोजकले बताएको छ ।
नवजागरण नेपालको आयोजना तथा स्थानिय नवलपुर युवा क्लबको सहआयोजनामा हुन थालेको महोत्सबमा ५० रुपैया प्रबेश शुल्क रहेको छ । विद्यार्थीहरुलाई ४० र जेष्ठ नागरीकहरुलाई भने निशुल्क प्रबेशको ब्यबस्था मिलाईएको छ । स्थानिय युवाहरुले खेलकुदको विकासका लागि आयोजना गरेको महोत्सबबाट स्थानियहरु उत्साहित भएका छन । महोत्सबको आकर्षणको रुपमा दाङमै पहिलो पटक हात्ती, उँट र चौरीगाईलाई ल्याउने महोत्सब मुल आयोजक समितिका संयोजक यमबहादुर पुनले बताउनुभयो । हात्ती र उँटमा चढेर महोत्सबको अबलोकन गर्ने ब्यबस्था मिलाईएको छ । नेपालकै होची महिला ईश्वरीमाया छिनाल पनि आकर्षणको रुपमा रहने आयोजकले बताएको छ ।