चितवन, १७ माघ । पश्चिम चितवनको विजयनगरबाट नारायणगढतर्फ आउँदै गरेको यात्रुबाहक बस भरतपुरको शिवघाटमा पल्टदाँ १० यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार ना ५ ख ११२१ नंको बस बिहान ९ः३५ बजे भरतपुर उपमहानगरपालिका–५ शिवघाटमा ब्रेकफेल भई दुर्घटना भएको हो ।
दुर्घटनाका घाइतेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बसमा २८ जना सवार रहेको बुझिएको छ ।
