तुलसीपुर, १७ माघ । नेपाल संस्कृत विश्व विद्यालय शिक्षा आयोगमा लगाइएको ताला एक हप्तापछि खुलेको छ ।

Nepal-sanskrit-bidhyalayaआज विहान विश्वविद्यालयका भिसि, रेक्टर लगायत स्थानीयहरुका बीचमा कर्मचारी परिपुर्ती गर्दा स्थानीयलाई ३५ प्रतिसत आरक्षणको लागि छलफल गर्ने सहमतिमा ताला खोलिएको हो ।

माघ ११ गते स्थानीयहरुले कर्मचारी भर्ना गर्दा ३५ प्रतिसत आरक्षणको माग गर्दै तालावन्दी गरेका थिए । ताला वन्दीका कारण शिक्षा आयोगको प्रशासनिक काम प्रभावित भएको थियो ।