eprakaतुलसीपुर १७ माघ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले घर फोडेर गरगहना र नगद चोरी गरेको आरोपमा एक ब्यक्तिलाई पक्राउ गरेको छ । तुलसीपुर नगरपालिका ४ गौरीसंकर टोल निबासी निर्मला केसीको घरबाट आईतबार दिउसो सवा एक बजेतिर चोरी गरेको अभियोगमा बारा जिल्ला जितपुर तीन का २७ बर्षीय प्रबेज अलामलाई पक्राउ गरेको हो ।

प्रबेजको साथबाट सुनको चन्द्रमा , औठी, नेक्लेस, जन्तर , एक जोड बाला, एक जोड चाँदिको पाउजु , दुईवटा बिछिया पनि फेला पारेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए ।

ती गहना आफ्नो घरबाट चोरेर लिएको निर्मलाले दावी गरेकी छिन् । निर्मलाले प्रबेज सहित थप दुई जना ब्यक्ति रहेको बताईन् । ती दुई ब्यक्ति अहिले फरार छन् । घरबाट ४५ हजार नगद र नौ गेडी हराएको निर्मलाले बताईन् ।

नगर र नौगेडी ती दुई ब्यक्तिले लिएर फरार भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । फरार दुई ब्यक्तिको नाम पक्राउ परेका प्रबेजले खुलाउन नमानेको डिएसपी तिम्सिनाले बताए ।