सारीका जोशी
बाजुरा, १७ माघ । बाजुरा जिल्लाको रुगीन गाविस सदरमुकाम मार्तडीबाट ३० कोष टाढा छ । यहाँ विभिन्न जातजातिको बसोबास रहेको छ । यस गाविसमा बाजुराका अन्य तुलनामा शिक्षा स्वास्थ्य यातायात खाद्यान्नको अभाव सँगै खडेरी पर्छ । विभिन्न प्राकृतिक प्रकोपले पनि यस गाविसलाई सताउने गरेको पाइन्छ ।

IMG_1404समाजमा रहेको कुरिती कुंस्कारको अन्त्य गर्ने उद्देश्यले यस रुगिन गाविस सामुदायिक बिकास कार्यक्रम लागु भएलगायतै यस रुगिन यहाँका नागरिक सचेतना केन्द्र मार्फत विभिन्न क्रियाकलाप गर्दै जादा यस गाबिसमा छाउपडी प्रथा बालबिबाह छुवाछुत जस्ता समाजमा रहेका बिद्यमान कुरिती कुस्कारलाई अन्त्य गर्ने उद्देश्यले चारवटा नागरिक सचेतना केन्द्र स्थापना छन् । यी केन्द्रका महिलाले छाउपडि प्रथाको विषयमा छलफल गर्दै जाँदा यस रुगिन गाविसमा रहेको वडा नं. ५÷६ का एक सय १० घरपरिवारको एक मात्र छाउपडि गोठ भत्काइ दिएका छन् ।

उनीहरुले बडा नं. ५ र ६ मा रहेका कालिका, डोइलीफुल, महिला बिकास, सुनगामाना सचेतना केन्द्र सम्पूर्ण सहभागीको पहलमा छउपडी गोठ भत्काएको छ । कालिका ना.स.केकी सदस्य राजुरा बुड्थापालाई सोधेका केहीप्रश्न । अब छाउपडी हुदाँकहाँ बस्नु हुन्छ छाउपडी गोठ त भत्काईयो अब झनगाह्रो त हुदैन भन्दा उहाँहरुले भनेका केहीप्रश्नहरु हामीलाई कसैले भत्काउन पनि भनेको होइन हामीले आफै भत्काए काहौ र अब हामी आफ्नै घरमा सफा कोठा बनाएर बस्र्छौ ।

भन्ने कुरा बताउनु भयो । फेरी अर्को सहभागीहोइजाली बुड्थापालाई सोध्दाभन्नु हुन्थ्यो हामीले छिमेकीजिल्लाहुम्ला,मुगुलाई पनि केही छाप परोस् भन्ने उद्देश्यले हामीले यो अभियान संञ्चालन गरेका हौ र छिमेकीगा.बि.स बिच्छयाँ जस्तो विकटमा त छउपडी प्रथाअन्त्य गरेकोले पनिहामीलाई केहीहौसालामिलेर कामको थालनी गरेका हौं । साथै हाम्रो अभियनमा साथ र सहयोग दिने सामुदायिकविकास कार्यक्रम,रुगिन गा.वि.स यहाँकार्यरत संघ संस्थालगायतदिनरातहामीलाई विभिन्नकार्यक्रममा सहयोग गर्ने सिडिपिका एफएससिएमकर्मचारीलाई पनिहामी धेरैधेरै आभार व्यक्तगर्दछौ