यमकला भुसाल
दाङ, १७ माघ । सल्यान फलावाङ निवासी लीलावती रानाले सुन्तलाको कारोवार गर्न लागेको धेरै लामो समय भएको छैन । आफ्नै सुन्तला वारी नभए पनि उनले सुन्तला खरिद विक्रीबाट राम्रो आम्दानी गर्दै आएकी छिन् । उनले खरिद गरेको सुन्तलाको व्यापार गरेर राम्रो आम्दानी गर्ने र त्यसबाट घरखर्च चलाउन निकै सजिलो भएको बताउँछिन् ।

suntalanepal‘आफ्नो सुन्तलावारी छैन तर पनि, खरिद गरेको सुन्तला विक्रीबाट आम्दानी राम्रो छ’, उनले भनिन्, ‘घरपरिवारको खर्च चलेको छ ।’ रानाले विगत पाँच वर्षदेखि सुन्तला व्यापार गर्दै आएकी छिन् । सामान्य घरपरिवारकी लिलावति आफ्नो सुन्तला खेती गर्ने खेतवारी नभए पनि अरुको फुलवारी ठेक्का लिएर सुन्तला व्यापार गदै आएकी छिन् ।

श्रीमानले भएको सम्पती सबै रक्सी खाएर सकेको र आफ्नो आर्थिक अवस्था निकै कमजोर भएकाले उहाँलाई घर चलाउन निकै गाह्रो भएको थियो । तर उनले हरेस खानुभएन । दुई छोरा एक छोरी भएकी लिलावति हिजो आज सुन्तला व्यापारबाट निकै खुसी छिन् । उनी भन्छिन्–‘मैले यहि सुन्तला व्यापारबाट एक सिजनमा ३ लाख रुपैया सजिलै आम्दानी गर्दै आएकी छु ।’ रानाले यही व्यापारबाट आफ्ना छोरा छोरीलाई पढाउदै आएको बताउछिन् ।

सल्यानको फलावाङमा बसेर सुन्तला व्यापार गर्दै आउनुभएकी लिलावति सुन्तला लिएर तुलसीपुर आउछिन् । र सुन्तला व्यापार गर्दै आएकी छिन् ।