16299054_1447774001923679_5677812581155190714_n

भरतराज शर्मा / तुलसीपुर १७ माघ । जिल्लामा उत्पादित कृषि उपजको प्रदर्शन तथा कृषिको आधुनिकि करणमा ज्ञान प्राप्त गर्ने महत्वपुर्ण थलो वनेको छ तुलसीपुरमा सञ्चालित मध्यपश्चिम क्षेत्रिय व्यापार तथा पर्यटन महोत्सव ।

आयोजकले कृषि उपज प्रदर्शनी तथा कृषि आधुनिकीकरणमा इच्छुक किसानहरुलाई ज्ञान लिनका लागि छुट्टाएको १ देखि १३नं स्टलमा सयौं कृषि उपज र कृषिको आधुनिकरणमा प्रयोग गरिने कृषि औजार प्रदर्शनीमा राखिएको छ ।

महोत्सवमा स्वास्थ्यवद्र्धक मानिने कालो धान देखि जिल्लामा उत्पादन भएको विभिन्न सिजनका  मह र प्लाष्टिक पोखरीमा गर्न सकिने माछापालन समेत राखिएको छ । महोत्सवले किसानहरुलाई व्यवसायीक मुखि वनाउन अभिप्रेरित गर्ने कृषि सेवा केन्द्र तुलसीपुरका प्रमुख पशुपति शर्माले वताए । वेमौसमि तरकारी खेतिका लागि अपनाउनु पर्ने विधि देखि व्याड निर्माण र उत्पादित कृषि उपजको वजारीकरण भण्डारण  सम्मका ज्ञान कीसानले प्राप्तगर्ने शर्माले वताए ।

महोत्सवमा युएस आइडी परियोजना दाङले व्यवसायीक कृषिका लागि आवश्यक कृषि औजार जोत्ने पावर टेलर ,धानकाटने मेसीन ,वियू छर्ने मिसिन मकै छोडाउने मेसीन देखि व्यवसायीक तरकारी खेतिमा पलाष्टि छापोको प्रयायोग , थोपासिचाइ प्रविधि, विरुवा उत्पादनका लागि पलाष्टिक गुम्जो, पलाष्टिक ट्रनेला लगाएतका विधिहरु स्टलमै निर्माण गरी किसानहरुलाई प्रर्दशन गरेको छ ।

टेकप्रशाद चौधरीले आफनो स्टलमा किसानहरुको आकर्षण रहनेगरेको भन्दै दिनमा एकसय वढि किसानहरु कृषि प्रविधिका वारेमा जानकारि लिने गरेको वताए  । महोत्सवमा आज सम्म जिल्लाका ४ सय ५० किसानहरुले आफनो उत्पादन प्रदर्शनमा ल्याएका छन । प्रदर्शनमा राखिएका कृषि उपजहरुलाई  छनोट गरी उत्कृष्ट ४ कृषि उत्पादन गर्ने किसानहरुलाई पुरस्कार सहित कदर पत्रले सम्मान गर्ने कार्यक्रम रहेको विटिएग्रोभेटका प्रोप्राइटर एवं महोत्सवम कृषि उपज उपसमितिका सल्हाकार निर्मल आचार्यले वताए  ।

माघ १३देखि गते देखि सञ्चालन भइरहेको मध्यपश्चिम क्षेत्रिय व्यापार मेलाको चौथो दिन ४५ हजार वढि दर्शकले मेला अवलोकन गरेको मेलामुल आयोजक समितिले जनाएको छ ।