दिपक बोहरा / तुलसीपु १७ माघ । दाङमा स्थापन हुन लागेको इन्धन डिपोको लागि जग्गा पाउन समस्या रहेको आयल निगम तुलसीपुरले जनाएको छ । सरकारले प्रादेशीक संरचना अनुसारको ईन्धन डिपो दाङमा स्थापना गर्ने निर्णय भए पछि त्यसको लागि जग्गा खोज्न थालिएको छ । तर हाल सम्म जग्गा प्राप्त नभएको कार्यालयले जनाएको छ ।
तीन महिना सम्मका लागि पेट्रोलियम पदार्थ मौज्दात राख्न पुग्ने गरी प्रदेश नंबर ५ को ईन्धन डिपो दाङको तुलसीपुरमा स्थापन गर्नका लागि अहिले जग्गा खोज्ने प्रक्रिया चलिरहेको नेपाल आयल निगम ईन्धन डिपो तुलसीपुर प्रमुख बिपिन श्रेष्ठले जानकारी दिए ।
लामो समय देखी जग्गा खोज्ने कार्य भएपनि प्राप्त हुन नसकेको श्रेष्ठको भनाई छ । ‘हामीले उचित स्थानमा लामो समय देखी जग्गा खोजी गरिरहेका छौ’ उनले भने‘ तर अझै जग्गा प्राप्त भएको छैन् ।’ अहिले सम्म दाङका तीन स्थानमा जग्गाको खोजी गरेपनि उपलब्ध नभएको उनकोे भनाई छ ।
यहाँका बासिन्दाले ईन्धन डिपो स्थापनाका लागि जग्गा उपलब्ध गराउन नमानि रहेको बताए । हामीलाई १० बिगाह जग्गा आबश्यक छ, त्यो जग्गा हामीलाई यहाँका बासिन्दाले उपलब्ध गराउन सक्नु भएको छैन । ’ उनले भने‘ जति छिटो जग्गा उपलब्ध हुन्छ त्यति छिटो इन्धन डिपो स्थापना हुने छ । जग्गा उपलब्ध हुने बित्तिकै प्रादेशीक संरचना अनुसार ईन्धन डिपो स्थापनाको प्रक्रिया शुरु हुने उनले वताए ।
डिपो प्रमुख श्रेष्ठले तुलसीपुरको टरिगाउ एयरपोर्ट आसपासमा जग्गा उपलब्ध भएमा झनै सहज हुने वताए । जग्गा उपलब्ध बनाउन सहयोग गरिदिन यहाँका सरोकारवाला निकाय, बासिन्दा, राजनीतिक दलहरुलाई आग्रह पनि गरे ।
अनिश्चित बनिरहेको टरिगाउ एयरपोर्टमा सुचारु ल्याउन मद्धत पुग्ने भन्दै प्रमुख श्रेष्ठले बिमान स्थल आसपासमा डिपो स्थापन गर्न सके झनै सहज हुने बताए । ईन्धन डिपो नहुँदा पटक पटक टरिगाउ एयरपोर्ट नियमित हुन सकेको छैन् ।
गत फाल्गुनमा तत्कालिन आपुर्ति मन्त्री गणेशमान पुनले दाङमा ईन्धन डिपो स्थापनका लागि अनुगमण गरेका थिए । सोही क्रममा उनले प्रदेश नं.५ को ईन्धन डिपो दाङमा बन्ने प्रतिबद्धता पनि जनाएका थिए । सोही अनुसार सरकारले यहाँ प्रादेशीक ईन्धन डिपो स्थापना गर्ने भएको हो । ठुलो क्षमताको ईन्धन डिपो तुलसीपुरमा बने संगै ठुलो मात्रामा हवाई ईन्धन सहित पेट्रोलियम पदार्थ स्टक राख्न सकिने छ ।
नेपाल आयल निगमले प्रादेशिक संरचना अनुसार झापा, चितवन, भैरहवा, धादिङ, सर्लाही, दाङ र धनगढीमा ठूलो क्षमताका भण्डारण गृह निर्माण गर्न प्रक्रिया अघि बढाएको हो । यस बाहेक सुदूर पश्चिमको चौरजहारी र तनहुँमा समेत अतिरिक्त भण्डारण गृह निर्माण गर्न लागिएको छ ।
निगम क्षेत्रिय कार्यालय नेपालगंजका कार्यकारी निर्देशक भानुभक्त खनालले प्रादेशीक संरचना अनुसार तुलसीपुरमा बन्न लागेको भण्डारण गृहको कुल इन्धन ( पेट्रोल, डिजेल र मट्टीतेल ) मौज्दात गर्न सक्ने क्षमता ७ लाख ६० हजार लिटर हुनेछ । यो भण्डारण गृह निर्माण भएपछि विभिन्न कारणले इन्धन आयात रोकीय पनि उपभोक्तालाई तीन महिनासम्म इन्धनको कुनै अभाव नुहने कार्यकारी निर्देशक खनालले बताए ।
उनले नेपाल आयल निगम संग हाल देशभरका १० स्थानमा करिब १७ दिनलाई पुग्ने गरी ७१ हजार पाँच सय ५८ किलोलिटर (सात करोड १५ लाख ५८ हजार लिटर) क्षमताको मात्रै भण्डारण गृह छ ।
