jantako sath

तुलसीपुर १४ माघ ।  अँध्यारो रातको साम्राज्य पुरै फैलिसकेको थियो ।  नजिक नजाँदा सम्म एकले अर्काैलाई चिन्न सक्ने अवस्था थिएन । तर त्यतिबेला सम्मपनि अरनीको मैदानमा सर्वसारधण नागरिक र कार्यकर्ता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको मनतब्य सुन्न धैर्यका साथ प्रतिक्षारत थिए ।

विहीवार साँझ सवा सात बजेपछि बल्ल उनको पालो आयो । स्वाभाविक नै थियो । सरकारको एउटा अभिन्न अंग र आड भरोसाको व्यक्ति त्यहाँ प्रमुख अतिथिका रुपमा उपस्थित थिए । अझ त्यसमा प्रमुख प्रतिपक्षि दलका उपाध्यक्ष युवराज ज्ञवाली पनि थिए । सरकार र प्रतिपक्षी दलहरुका बीचमा तिक्ततापूर्ण सम्वन्ध भएको विद्यमान परिस्थितिमा उनीहरुले के कस्तो मनतब्य दिन्छन् भन्ने चासो दंगाली जनतालाई थियो ।

दंगाली जनताको अपार साथ र स्नेह देखेर काँग्रेस सभापति देउवाले प्रतिक्षा गरेकोमा उपस्थितहरुलाई धन्यवाद मात्रै दिएका थिएनन् , टरिगाँउ एयरपोर्टको भविस्य सुनिश्चित गराउन भूमिका खेल्ने, इन्धन डिपो स्थापना गर्न भूमिका निर्वाह गर्नेदेखि दाङलाई प्रदेश नं. ५ को प्रादेशीक राजधानी बनाउनका लागि पहल गर्ने समेत आश्वासन दिएका थिए  । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पनि जनताको धैर्यताको प्रशंसा गरेका थिए ।

उनी प्रतिपक्ष दलको नेता भएपनि निकै सन्तुलित र तथ्य बोलेका थिए । अबको निकासका उपायहरु सुझाएका थिए । देउवा प्रति उनले दर्षायको आदर भाव र सम्मानले  राज नेतामा हुनुपर्ने गुणको उजागर गरेको थियो । देउवाले पनि ज्ञवाली प्रति उत्तिकै आदर र सम्मान प्रकट गरेका थिए । जसले चिसो रात नभनेर प्रतिक्षारत जनतालाई सायद त्यो विर्साएको थियो होला ।
यस्ता कार्यक्रममा यति अवेर हुनुको कारण दर्जनौं बक्ताहरुलाई मनतब्यको लागि समय प्रदान गर्नु नै हो । हेकुलीको चखौरामा पनि बुधवार यस्तै अवेर भएको थियो । विहीवार विहान ११ बज्दै गर्दा तुलसीपुरमा विभिन्न झाँकी र जुलुसहरु आउन सुरु भएको थियो । ठाँउ ठाँउ वाट आएको झाँकी र जुलुसका कारण दिउँसो १ बजेतिर तुलसीपुर बजार पुरै छोपिएको थियो । त्यसैले  दिनभर जसो तुलसीपुर क्षेत्रको यातायात अस्तव्यस्त बनेको थियो ।

ट्राफिकलाई त्यो व्यवस्थापन गर्न निकै हम्मे हम्मे परेको देखिन्थ्यो । आयोजकहरुले यस्ता कार्यक्रमहरुमा शिर्ष नेताहरुलाई यसरी घन्टौं सम्म स्टेजमै बन्धक जसरी राखि राख्नुभन्दा बक्ताहरुको संख्या कम गराउन नसक्नुले गर्दा नै हो ।