डुरुवा १४ माघ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विहीवार हापुर खोला पुलको उद्घाटन गरेका छन् । हापुर खोलाको पुल निर्माण सम्पन्न भएमा डुरुवा गाविस वडा नं. १ डुरुवा र वडा नं. ४ कोटिया डाँडालाई जोड्ने छ । यो पुलको लम्वाई १६८.८५ मिटरको हुनेछ भने चौडाई ११ मिटरको भएपनि त्यसको दुबैतर्फ डेढ मिटरको फुटपाथ हुने रहने छ ।
यो पुलमा गाडि गुड्ने भागको चौडाई भने साढे ७ मिटर मात्रै रहने जानकारी दिइएको छ । १० करोड ५० लाख २१ हजार लागतमा पुल निर्माणको लागि सम्झौता भएको छ । ०७३ साल असोज १९ मा उक्त सम्झौता भएको थियो । ०७५चैत १८ गते भित्रै पुल निर्माण सक्ुनपर्ने सम्झौताका साथ निर्माणको काम एसवी ए सुर्य जेभि विरेन्द्र नगर सुर्खेतले पाएको छ । पुल सिलन्यास कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले नेपाली काँग्रेस विकास प्रेमी पार्टी भएको बताए ।
राजनीतिक उपलब्धि हासिल भएको भन्दै काँग्रेस सभापति देउवाले अब विकास निर्माण मार्फत राज्यलाई सम्वृद्धिको मार्गमा लैजानु अवको आवश्यकता भएको बताएका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका विशिष्ट अतिथि सिंचाई मन्त्री दीपक गिरीले यहाँका खोलाहरुमा पुल पुलेसा र हाईड्याम निर्माण गरि दाङलाई सम्वृद्धिको मार्गमा लैजाने बताएका थिए ।
कार्यक्रमलाई काँग्रेस केन्द्रीय सदस्य पार्वती डिसी चौधरी, दाङ क्षेत्र नं. ४ बाट निर्वाचित सांसद बुद्धिराम भण्डारी, डिल्लीबहादुर चौधरी, क्षेत्र नं. ३ बाट निर्वाचित सांसद राजु खनाल, सांसद अनिता देवकोटा लगायतले सम्वोधन गरेका थिए । मध्यपश्चिम क्षेत्रीय सडक निर्देशक मुक्ति गौतमको अध्यक्षता र काँग्रेस सभापति शेरबहादुर देउवाको प्रमुख आथित्यमा भएको कार्यक्रममा स्वागत तथा निर्माणाधिन पुलको वारेको विवरण डिभिजन सडक कार्यायलय दाङका डिभिजन प्रमुख सिरबहादुर घिमिरेले गरेका थिए ।
कार्यक्रमको सहजीकरण पुष्पलाल मध्य पहाडी लोकमार्गका लेखा अधिकृत गोविन्द राज आचार्यले गरेका थिए ।
