congress

तुलसीपुर १३ माघ ।   दाङका एक सय बढिले बिभिन्न पार्टी परित्याग गरि नेपाली काग्रेसमा प्रबेश गरेका छन् ।   नेपाली काग्रेस त्रिपुरले जलौरामा आयोजना गरेको घरदैलो कार्यक्रममा एमाले , माओवादी केन्द्र, राप्रपा, फोरमलगायतका पार्टी परित्याग गरि एक सय पाँच जना काग्रेसमा प्रबेश गरेका हुन् ।

प्रबेश गर्नेहरुमा माओवादी केन्द्रका रुप संकर चौधरी , ईन्दिरा चौधरी, फोरमका क्षेत्रीय अध्यक्ष शरद बुढाथोकी , खानेपानी नारायणपुरका कोषाध्यक्ष महेश लम्साललगायत काग्रेसमा प्रबेश गरेका छन् ।  काग्रेस त्रिपुर नगर सभापति दिपक पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नब प्रबेशीहरुलाई  नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाको स्वागत गरेका हुन् । देउवाले   आदिबासी जनजातिको हक अधिकारका लागि लडन्े पार्टी, नेपाली काग्रेस भएको बताए ।

काग्रेसकै नेतृत्वमा कमैया मुक्त गर्न सफल भएकाले सबै थारु, आदिबासी, जनजातिको भबिष्य नेपाली काग्रेसमा भएको सभापति देउवाको भनाई थियो । घरदैलो कार्यक्रममा नेपाली काग्रेस दाङ क्षेत्र नं.३ का  सांसद राजु खनाल, काग्रेस दाङका सभापति कृति बहादुर खड्का , सिंचाई मन्त्री दिपक गिरी, काग्रेस क्षेत्र नं.३ का सभापति भुप बहादुर डाँगीलगायतको सहभागीता रहेको थियो ।  कार्यक्रमको सहजीकर त्रिपुरका सल्लाहकार चन्द्र प्रशाद चौधरीले गरेका थिए