गोविन्द खड्का
घोराही, १३ माघ । मुखमा मास्क लगाएर चटपटे बेचिरहेका थिए । बाह्रकुने बराह क्ष्ँेत्रमा माघ एक गते लागेको मेलामा खानेहरु लहरै लागेका देखिन्थे । चटपटे बनाउने सामाग्रीहरु सबै खुला बाटामा टेवुलमा थियो ।
काटेको प्याज, खुर्सानी, धनियाको पात, अमिलो, नुन, भिजाको केराउ, टमाटर बाटामा खुल्लै राखिएको थियो । ठेलामा उभिएर मास्क लाएका व्यपारी बेचिरहेका थिए । तिनको नाक मुखमा जाने धुलो चिसो, ओसिलो खानेकुरामा टासिएको छ । त्यो कुराको लाईन बसेर खानेलाई ज्ञान छैन ।
टेबुलमा चाउमिन भुटिरहेको देखिथ्यो । त्यहि टेवुलमा पाकेका जेरीहरु फिजारीएको थियो । ग्रँहकले उभिएर खाईरहेका थिए । खाने व्यक्तिहरुका कपाल, लगाएका कपडा धुलाम्य देखिन्थे । घचेटिदा, अड्किदा ह्रवाङ् झर्दथ्यो । आ“खा हेर्न पनि धुलोले मुश्किल बनाएको थियो । डाल्डा, तेल लगाएतका चिल्लोमा पाकेको खुला जेरी खुब मिठो मुखले चपाई चपाई खाईरहेका थिए ।
धेरै जनालाई पुग्ने चाट ठुलो भा“डोमा छर्लक्क पारीएको देखिन्थ्यो । ईष्ट मित्र आफन्त सहित हुल आएर खान्छन् भन्ने आशले हुनुपर्छ । धेरैलाई पुग्छ पनि । त्यस वरपर बंग बुक्ति कुहिरो जस्तो धुलो उड्दै र हराउदै गर्दथ्यो । चिसा र चिल्ला परिकारमा टासिएको हुनपर्छ । त्यो खानेहरुले देखेका थिएनन् । किनीरहेका थिए । उनिहरुले नाक मुख जोगाउने मात्रै ख्याल गरे । गलबन्दी, सल वा अन्यले छोपेका थिए । पकौडी फिजारीएको थियो । नमकिन पाकिरहेका थिए । खुलै फिजिन्थ्यो ।
केहिले टेवुल पनि पाएको देखिएन । भुईमै अलि ठुलो ठाउ वगटेका थिए । तिनिहरुकोमा खुटा उचाल्दा खस्ने धुलो पनि पस्न सक्थ्यो । टेवुलमा जस्तो धुलोलाई उडेर खानेकुरा भेटाउनु परेन । सजिलै पस्न सक्थ्यो । खुला मथिरहेको पिठो, उस्नेको आलु संग मोकलेको देखिन्थ्यो ।
आवत जावतका घाट व्यापारीले हेर्छन् । ओरालोमै चाउमिन भटरीरहेको देखिन्थ्यो । तलझर्नेहरुले उडाएको जति धुलो सजिलै मोकलेको चाउमिनमा पस्थ्यो । यसरी, चाट चाउमिन, फुुल्की, जेरी, समोसा, चटपटे, नमकिन हरेक खानेकुरा खुला थिए । असाध्यै धुलोका कारण मेलाभर्नेहरुले मास्क, गलबन्दि, रुमाल, सल लगाएतका अनेकौ उपाए बाट नाक मुख र मुहार जोगाएका थिए ।
प्लाष्टिकका, कागजका प्लेट, गिलास, चमचहरु प्रयोग भएको थियो । हरेक टेवुल, ठेला, भुई जता पसल थापेपनि भा“डा माझ्ने व्यवस्था थिएन । भएकाले पनि मानवीय श्रोत नहुदा खाने र फाल्ने भाडा बर्तन प्रयोगमा ल्याएका थिए । तिनलाई ढल्याउने व्यवस्था गरेको देखिएन । जसले जहा खायो त्यहि फाल्यो । पैसा असुल्यो, खानेकुरा दियो, पसलेको काम सकियो ।
चलुञ्जेल मान्छेका टाउका भन्दा अरु नदेखिने, मेला महोत्सव सकिएपछि फोहरको डंगुरलाग्ने चलन सामान्य बन्दै गएको छ । शुरु गर्न सेना प्रहरी परिचालन गरेर बढानेर्, सकिएपछि व्यवारीसे छोड्ने सबैजसोको बानी छ । मेला सकिएको भोलिपल्ट हेर्न जानेहो भने सुधार गर्नै नसकिने क्षेत्र जस्तो लाग्छ । आगोले जलाउदा, गाडिले उठाउदा, माटोले पुर्दा पनि सफा हुन्न ।
एक माघमा बाह्रकुने मेलामा पनि सा“झ पर्दै जादा भिड कम हुदै गयो । फोहरका थुप्राहरु चाङ लाग्दै थिए । हरेकका पैतला मुनी प्लाष्टिक वा अन्य केहि न केहि फोहर कुल्चिएको देखिन्थ्यो । सबैजसो मेलाभर्न पुगेकाले खसालेकै हुन्थे । खाने प्युने कुराका खोल एवं बोक्राको रास थियो ।
तुल्सीपुर उद्योगवाणिज्य संघले भने नया“ गरेर देखाउने बताएको छ । माघ १३ देखि २३ सम्म मध्यपश्चिम क्षेत्रीय व्यापारीक तथा पर्यटन महोत्सव एवं कृषि मेला २०७३ चल्दै छ । मुल आयोजक समितिका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले परमपरा तोड्ने बताउनुभएको छ । पुरानै ठाउ पुरानै मान्छे भएपनि व्यवस्था नया लागुहुने रिजालको भनाई थियो । हरेक स्टलमा डस्टिविन, हरेक कचेरा संकलन र नियमित व्यवस्थापन हुने छ । त्यसो गरे मेलाभरीनेहरु थपिदै गर्दा फोहर बढ्ने र सकिदा सोत्तर र थुप्रा रहने छैन ।
मेला महोत्सवमा सरसफाइ व्यवस्थापन गर्न सके सरसफाईले अर्को फड्को मार्ने जिल्ला सरसफाइ फोकल पर्सन तिलक न्यौपानेको भनाई छ । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका ईञ्जिनियर समेत रहनुभएको न्यौपानेका अनुसार तयारी पुर्व छलफल र सल्लाह सुझाव कमि छ । कुनै पनि मेला आयोजकले सरसफाइ संग सम्वन्धित कुरा जिल्ला स्तरमा छलफल गर्दैनन् । तर सफा पनि हुन सकेका छैनन् ।
गाउ घरमा लाग्ने धार्मिक, परम्परागत मेला जात्राहरु भन्दा भिन्नै व्यवस्थाका साथ सरसफाईको सन्देश दिन महोत्सव आयोजकहरुलाई उहाले आग्रह गर्नुभयो । जिल्लामा खुला दिसामुक्त हुदै पुर्ण सरसफाईको यात्रा तय गरीएको बेला फोहरी बानि बदल्न अनिवार्य हुन्छ । त्यसको राम्रो शुरुवात महोत्सव बाट हुन सक्छ ।
