tulsipur mahotsabतुलसीपुर १२ माघ । भोली देखि तुलसीपुरमा सञ्चालन हुने मध्यपश्चिम क्षेत्रिय व्यापार तथा पर्यटन महोत्सव एवं औधोगिक कृषिमेलाको पुर्वप्रधान मन्त्रि शेर वहादुर देउवाले उद्धघाटन गर्ने छन् । महोत्सव तयारीका वारेमा मुलआयोजक समितिले वुधवार महोत्सव स्थलमा गरेको पत्रकार सम्मेलनामा सो कुराको जानकारी दिएको हो।

विहिवार दिउसो एक वजे नेपाली काँग्रेसपाटिका अध्यक्ष एवं पुर्व प्रधान मन्त्रि शेरवहादुर देउवाले मध्यपश्चिम क्षेत्रस्तरीय व्यापार मेलाको उद्धघाटन गर्ने महोत्सव मुलआयोजक समितिले जनाएको छ ।

उद्धघाटन अघि विहान १०वजे नयाँ वसपार्क वाट शोभायात्रा रयाली निकालिने छ । विभिन्न सरकारी कार्यालय सुरक्षा निकाय सामुदायीक वनउपभोक्ता समुह टोलविकास संस्था लगाएत सयौं संघसंस्था झाँकी र जातिय संस्कृति सहित शोभायात्रा रयालीमा सहभागिताका लागि आफनो नाम दर्ता गराएको महोत्सव मुलआयोजक समितिले जनाएको छ ।

वसपार्क वाट निक्लीएको रयालीले वजार परिक्रमा गरि महोत्सव स्थलमा प्रवेश गर्ने र दिउँसो एक वजे पुर्वप्रधान मन्त्रि शेरवहादुर देउवाले उद्धघाटन गर्ने कार्यक्रम तय भएको महोत्सव मुलआयोजक समितिका अध्यक्ष विमल रिजालले जानकारी दिए ।

महोत्सव तयारीको अन्तीमचरणमा पुगेको र भोलि विहान सम्ममा तयारी पुराहुने मुलआयोजक समितिले जनाएको छ । स्थानिय निकाय जनप्रतिनिधि विहिन भएको अवस्थादेखि व्यवसायीक हक हितका साथै सामाजिक विकासमा अग्रणी प्रतिनिधित्व गर्दै आएको उद्योग वाणिज्य संघ तुलसीपुरले तुलसीपुर ८दोघरेमा वहुआयामिक अत्याधुनिक सभाहल निर्माणका लागि माघ १३देखि २३गते सम्म १०दिन महोत्सव सञ्चालन गर्न लागेको हो ।

१०दिन सम्म सञ्चालन हुने मेलामा कृषि उत्पदनको प्रदर्शनी,साँस्कृतिक कार्यक्रम औधोगीक व्यापार हस्तकला प्रदर्शनी जिल्लाको समग्रविकासका वारेमा वहस छलफल ,सुचना प्रविधिहरुको प्रदर्शनी लगाएत धार्मिक कार्यक्रम समेत महोत्सवमा हुने पत्रकार सम्मेलनमा सचिवालय व्यवस्थापन समितिका संयोजक एवं महासचिव नेत्रलाल वलीले जानकारी दिए ।

दसदिन सम्म सञ्चालन हुने महोत्सवमा २०करोडको कारोवार हुने २लाख दर्शकले अवलोकन गर्ने र त्यसवाट एक करोड वढि वचत गर्ने लक्ष्य मेला मुलआयोजक समितिले लिएको छ । महोत्सव मुलआयोजक समितिका अध्यक्ष विमल रिजालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सरसफाई उपसमितिका संयोजक सेवक राम भण्डारीले महोत्सव स्थलाको प्रत्यक दिन साँझमा पानिसहित सरसफाई गर्ने र आगन्तुक दर्शकका लागि आवश्यक्ताअनुसार नै शौचालयको व्यवस्था गरेको जानकारी दिएकाथिए ।

महोत्सव सञ्चालन भर राप्ती राजमार्ग अन्र्तगत विरेन्द्र चोक देखि खाने पानि अफिस सम्मको मेन सडक विहान ११वजे देखि साँझ ५वजे सम्म वन्द गर्ने व्यवस्था गरिएको र त्यसको विक्लपमा तुलसीपुरको ङ लाईन सडकलाई प्रयोग गर्ने सहमति भएको जनाईएको छ ।

महोत्सवमा अरनिको मैदानमा साँस्कृतिक कार्यक्रम ,कृषिप्रदर्शनी र व्यापारीक स्टल व्यवस्थापन गरिएको छ भने राष्ट्रिय वाणिज्य वैंकको जग्गामा रमाईलो मेलाको व्यवस्थापन गरिएको छ ।अरनिको मैदानमा रहेको पुरानो मञ्च हटाएर त्याँहा साँसकृतिक कार्यक्रमका लागि स्टेज तयारी गरिएको छ ।

महोत्सवमा दर्शकहरुलाई प्रवेशका लागि नगरविकास समितिको पहिलो व्यापारीक भवनको एक नम्वर कोठा फोडेर प्रवेश द्धार वनाईएको छ भने मेनगेट लाई भिआईपी पाहुनाको प्रवेश र वाहिरीने दर्शकका लागि प्रयोगमा ल्याउने तयारी गरिएको महोत्सवम मुलआयोजक समितिले जनाएको छ ।

पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्ली वहादुर वस्नेत पुर्व अध्यक्ष हरु चिरन्जीवि रिजाल गणेश प्रेम श्रेष्ठ समाज सेवी एवं प्रतिष्ठित व्यापारी उत्तमकुमार श्रेष्ठ लगाएतले तुलसीपुरको विकास का लागि आयोजना गरिएको मध्यपश्चिम व्यापारीक महोत्सवलाई सफलता पुर्वक सम्पन्न गर्नु सवै जिल्ला वासीको दाईत्व भएको भन्दै उद्धश्य अनरुप अत्याधुनिक सभाहलनिर्माण गर्न सकिए जिल्लाको विकासमा कायापल्ट हुन सक्ने वताएका थिए ।

कार्यक्रमको सहजीकरण महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक शरद रेग्मीले गरेकाथिए ।

झिलिमिली तुलसीपुर सवैलाई चुलि निम्तो
आज देखि सञ्चालन हुने मध्यपश्चिम व्यापारीक मेलामा सहभागिताका लागि मुलआयोजक समितिले सवै जिल्ला वासीलाई चुलि निम्तो दिएकोछ भने महोत्सव तयारीका लागि तुलसीपुर वजार साजसज्जाले सिंगारीएको छ ।

सामाजिक विकासमा सवैको सहयोग अपिरिहार्य रहेको भन्दै यसअघि पनि उद्योग वाणिज्य संघले आयोजना गरेका महान कार्यमा सफलता प्राँप्त भएकाले नागरीक सहायोगमा एकरुपता आउने मा संयोजक रिजालले विश्वास व्यक्त गरे ।

तुलसीपुर वजारका प्रत्यक सडकमा स्वागत गेट तयार गर्दा तुलसीपुर वजार डोलिमा अनमाउन लागेकी दुलही झै सिंगारीएको अवस्थामा छ । वजारको सरसफाई देखि सडकमा निर्माण गरिएका स्वागत गेटले तुलसीपुर सजिसजाउ भएको हो ।