इन्द्रेणी संवाददाता
दाङ, १२ माघ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा भोलिदेखि तुलसीपुर अरनिको मैदानमा शुरु हुने मध्यपश्चिम क्षेत्रीय व्यापार तथा पर्यटन महोत्सव एवं औद्योगिक कृषि मेला २०७३ को तयारी अन्तिम चरणमा पुगेको छ ।

gateआयोजक संस्थाले आज महोत्सव स्थलमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी करीव करीव पूरा भएको जानकारी दिएको छ । महोत्सवको केही बाकी काम ओलि विहानम्म पूरा हुने र महोत्सवको उद्घाटन नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने छन् ।

माघ २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख दर्शकहरुले अवलोकन गर्ने र २० करोडको आर्थिक कारोवार हुने अपेक्षा गरिएको महोत्सव आयोजक मूल आयोजक समितिका संयोजक एवं तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिए ।