इन्द्रेणी संवाददाता
दाङ १२ माघ । बालबालिकालाई बालअधिकार नैतिक शिक्षाका बारेमा सचेतना प्रदान गर्ने उद्देश्यले सौडियार गाविसमा रहेका मावि रावत गाउँमा बालअधिकार चेतना समूह गठन गरिएको छ ।

16344510_1175843535798974_1928901451_nइन्सेकद्धारा तीन वर्षका लागि जिल्लामा सञ्चालन गरिएको इएलपी कार्यक्रम अन्गर्तत चेतना समूह गठन गरिएको इन्सेक जिल्ला कार्यक्रम सहजकर्ता शालिकराम मुसाफिरले जानकारी दिए ।

रावतगाउँ माविमा कक्षा ९ की खिमा पुनको अध्यक्षतामा गठन भएको समूहको उपाध्यक्षमा कक्षा ८ कि सुष्मा केसी, सचिव कक्षा ८ कि प्रेरणा विसी, सहसचिवमा ९ का खिमु खड्का र कोषाध्यक्षमा कक्षा ९ का अशोक चौधरी रहनु भएको छ ।

त्यसैगरी अन्य सदस्यहरुमा कक्षा ९ कि बुद्धिरेखा नेपाली, कक्षा ७ कि सोनी डाँगी, कक्षा ८ कि लक्ष्मी विक, कक्षा ६ कि सुशीला थापा, कक्षा ९ कि खीमा पुन र सोही कक्षाका छविलाल दशौदी रहेका छन् । समूहको संरक्षक शिक्षकमा विद्यालयका शिक्षक रामहरी आचार्य रहका छन् ।

विद्यालयका सहायक प्रधानाध्यापक राजकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका बारेमा इन्सेक जिल्ला कार्यक्रम सहजकर्ता शालिकराम मुसाफिरले जानकारी गएका छन् ।