दाङ, १२ माघ । भोलिको तुलसीपुर महोत्सवलाई उद्घाटन गर्न दाङ आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाङ पञ्चकुले गाविस ६ मठौराको बबई नदीमा पुलको शिलान्यास गरेका छन् । आज एक समारोहबीच देउवाले पुलको शिलान्यास गरेका हुन् ।

f1cfad5f8c28b202d5e29708f54aa1fe२४ करोडको लागतमा निर्माण हुनलागेको सो पुलको लम्वाई दुई सय मिटर रहेका छन् । सो पुलको निर्माण कार्य २०७५ पुस महिनासम्म सम्पन्न गर्ने लक्ष्य लिएका छन् ।

सो अवसरमा सभापति देउवाले सडक सञ्जाल विकासको मेरुदण्ड भएको उल्लेख गर्दै पुल निर्माणसँगै यस क्षेत्रको विकासले गति लिने विश्वास व्यक्त गरेका छन् ।

पुल निर्माण भएसँगै स्थानीयवासीलाई आवतजावत गर्न तथा कृषि उपजलाई बजारसम्म पुर्‍याउन सहज हुने बताउँदै उनले तोकिएकै मितिमा काम सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

सिँचाइ मन्त्री दीपक गिरीले दाङ जिल्लामा रहेका नदी खोलामा पुल निर्माण गरी सडक सञ्जाललाई जोडने कार्यलाई सरकारले प्राथमिकता दिएको बताउँदै यहाँको सडक स्तरोन्नतिका लागि आफूले पहल गरिरहेको बताए ।