दाङ, १२ माघ । रक्षामन्त्री बालकृष्ण खाँडले सवै दललाई मिलाएर वर्तमान राजनीतिक गतिरोधको अन्त्य गरिने बताएका छन् ।

b1रिपोटर्स क्लब नेपाल दाङ शाखाले आज तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खाँडले सवै दललाई सहमतिमा ल्याएर संबिधान संसोधन तथा स्थानिय निकायको निर्वाचन गरिने बताए ।

नेपालमा दलहरु अन्तिम चरणमा आएर मिलेको इतिहार कोट्याउदै उनले वर्तमान राजनितिक निकास निकाल्न पनि चाडै सहमति हुने दावी गरे । संबिधान संसोधन प्रस्तावमा अन्तिम समयमा सहमति हुनेमा उनले विश्वास समेत ब्यक्त गरे ।