मोरङ, १२ माघ । मोरङको कछिया गाविसको कछिया बजारमा घनश्याम बहरदारमाथि गोली प्रहार भएको छ । जीवन विकास लघु वित्त संस्थामा काम गर्ने विराटनगर रंगेली–११ का बहरदारमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
लघुवित्तको पैसा संकलन गर्न जाने क्रममा उनीमाथि आक्रमण भएको हो । तिघ्रामा गोली लागेका उहाँको विराटनगर अस्पतालमा उपचार भैरहेको छ ।
घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरिएको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
