रोल्पा, १२ माघ । अर्थमन्त्रालयले रोल्पामा मात्रै विभिन्न शीर्षकमा गरी कुल २२ करोड ८८ लाख रकम विनियो जन गरेको छ । २५ पुसको निकासा नं.१५५ बाट एघार करोड दश लाख र २७ पुस निकासा नं. १६८ बाट एघार करोड ७८ लाख निकासा गरिएको अर्थमन्त्रालयले जनाएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले रोल्पाको विकासका लागि आफूले पर्याप्त बजे ट विनियोजन गरेको बताए ।
अर्थमन्त्रालयबाट निकासा गरिएको सबै रकम सडकमा खर्च गरिने भएको छ । निकासा नं। १५५ मा १४ शीर्षकमा जिल्लाका विभिन्न सडकहरुलाई रकम निकासा गरिएको छ ।
जसमा सबैभन्दा धेरै लोक मनहरी–पुर्खे सुनार शहीद मार्ग र सुलीचौर गुम्चाल हार्जङ री गाम हुँदै मध्यपहाडी लोकमार्ग जोड्ने सडकका लागि समान एक करोड पचास लाख रकम निकासा गरिएको छ । त्यस्तै निकासा नं। १६८ अन्तर्गत १८ शीर्षकमध्ये सबैभन्दा धेरै बुढागाउँ–जुँगार गैरीगाउँ–तिला मोटरबाटो र जङ्कोट–बुडहर –कुरेली–मिरुल सडकका लागि समान एक करोड पचास लाखको निकासा रहेको छ ।
रोल्पा पुगेर अर्थमन्त्री महराले रोल्पालाई मन खोलेर बजे ट विनियोजन गर्ने बताएका थिए । के ही मागका फाइल अगाडि बढिसकेका र अरु पनि अगाडि बढ्ने आश्वासन दिँदै महराले जिल्लामा विनियो जन गरिएका सबै बजेट समयमै खर्च गर्न आग्रह गरेका थिए ।
उनको बोलीसँगै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पर्याप्त बजेट व्यवस्था गर्न आग्रह गरेका थिए। पर्याप्त बजेट विनियो जन गरिए पनि काम नहुने र अन्ततः फ्रिज भएर जाने समस्या भएको भन्दै सभामुख ओनसरी घर्ती मगरले त्यसको खबरदारी दल तथा जनताले गर्नुपर्ने बताएका थिए ।
बाटो बनाउन सेना परिचालन
उपराष्ट्रपति नन्दबहादुर पुनले रोल्पाको सुलीचौर –गाम सडकखण्डमा रहेको शिरक्याङ भीर फोर्न आफूले नेपाली सेनालाई आग्रह गरेको बताए । ‘मै ले प्रधानसेनापतिलाई बोलाएरै भनेको छु’– उपराष्ट्रपति पुनले भने,– ‘शिरक्याङ भीर फोड्न अब धेरै समय लाग्नेछैन ।’ नयाँ युगबोधबाट
