सल्यान, ११ माघ । गएराति सल्यानको लुहाम बजारमा एउटा कुखुरा फार्ममा अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट करीव सात सय कुखुरा र फार्म जलेर नष्ट भएको छ ।

aaglagi2स्थानीय ब्यबसायी महेन्द्र श्रेष्ठले सञ्चालन गरेको एकिकृत शुभलक्ष्मी कुखुरा फार्म लुहाममा आगजनी भएको हो । परिवार छिमेकीको विहेमा गएको मौका छोपी राति ८ बजेतीर आगजनी गरेको हुन सक्ने आंशका गरिएको छ ।

आगजनीबाट करीव १० लाख बराबरको क्षति भएको बताइएको छ । प्रहरीले एक जना ब्यक्तीलाई उक्त घटनामा संलग्न भएको आशंकामा नियन्त्रणमा लिएको छ ।