तुलसीपुर ११ माघ । तुलसीपुरमा ब्यवसायिक रुपमा दोहोरी साझ सचालनमा आएको छ । तुलसीपुरका ६ जना युवा ब्यवसायीहरुले आज मंगलवारदेखि दाहोरी साझ संचालनमा ल्याएका हुन ।

16114991_1444340668933679_3584500414300200959_nकरिव २५ लाखको लागतमा संचालनमा ल्याईएको दोहोरि साझको आज एक कार्यक्रम बिच उदघाटन गरिएको छ । साझको उद्घाटन तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजालले गरेका हुन् ।

दोहारी साझमा बिहानदेखि ५ बजे सम्म रेष्टुरेन्ट मात्र संचालन हुने छ भने वेलुका ६ बजे देखि १० बजे सम्म भने दोहोरी संचालनमा ल्याईने संचालक रोशन श्रेष्ठले बताए ।