इन्द्रेणी संवाददाता
दाङ, ११ माघ । दाङको घोराहीमा रहेको राप्ती उपक्षेत्रीय अस्पतालले अस्पतालको विकासका लागि विभिन्न कार्ययोजना अघि सारेका छ । अस्पतालले तत्कालिन गर्नुपर्ने, मध्यकालमा गर्नुपर्ने र दिर्घकालिन कार्ययोजना अघि सारेको छ ।
आज पत्रकार भेटघाटको आयोजना गरी तत्कालिन कार्यायोजनामा कर्मचारीहरुलाई ड्रेस तथा परिचयपत्र, आपत्तकालिन भवन र सेवा सुधार, ल्याप सुद्धिढीकरण, नसिंङ क्वाटर व्यवस्थापन, डक्टर क्वाटर व्यवस्थापन, खानेपानी व्यवस्थापन, अस्पतालभित्रको फोहर व्यवस्थापन रहेको अस्पतालका मेसु डा. जनार्दन पन्थीले बताए ।
त्यस्तै मध्यकालिन कार्यायोजनामा अस्पतालको प्रस्तावित भवन र नयाँ इन्डोर दुई तला थप गर्न लागत स्टिमेट अनुसार बजेट निकासाको पहल, अस्पताललाई ३ सय वेडको बनाउन र सोही अनुसार जनसक्ति व्यवस्थापन गर्न पहल गर्ने, अस्पताललाई राप्ती स्वास्थ्य प्रतिष्ठानको टिचिङ अस्पताल हुने भएका हुँदा सोका लागि विस्तृत परियोजना रिपोर्ट तयार गर्ने, आएनएफ दाङले विगत ४४ वर्षदेखि भोगचलन गरिरहेको भवन अस्पताललाई हस्तान्तरण गराउन पहल गर्नेलगायतका रहेका छन् ।
त्यसैगरी दिर्घकालिन कार्ययोजनामा डिपिआर बमोजिम अस्पतालको भौतिक संरचणा निर्माण थालनी गर्ने, प्रतिष्ठानको टिचिङ अस्पतालमा सुरुमा क्रमश राष्ट्रको आवश्यक पारामेडिकल कोर्ष र एमविविएस, एमडी जस्ता कार्यक्रम सञ्चालन गर्ने र सुविधा सम्पन्न टिचिङ अस्पताल बनाउन रहेको मेसु पन्थीले जानकारी दिए ।
