दाङ ११ माघ । तुलसीपुर ९ निवासी प्रविन केसीले बाटो मर्मतका लागि व्यक्तिगत एकलाख रुँपैंया सहयोग गरेका छन् । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुणदल तुलसीपुरका नगर अध्यक्ष केसीले तुलसीपुर १० भट्टेदेखि पवन नगर गाविस वडा नं. २ को दमार गाँउ जोड्ने खण्ड मर्मतका लागि एक लाख नगद सहयोग गरेका छन् ।
केसीले नगद एकलाख सहयोग गरेपछि हाल उक्त सडक खण्ड मर्मतको लागि एउटा जेसिबी प्रयोग गरिएको भट्टे–दमार गाँउ बाटो मर्मत समितिका अध्यक्ष रेशम राज खरालले जानकारी दिए । झन्डै चार किलो मिटर सडक खण्ड केसीले निजी खर्चमा मर्मत गर्न लागेको अध्यक्ष खरालले बताए । झन्डै एक महिना पहिले दमारगाँउका स्थानीयहरुले तरुणदलका नगर सभापति केसीलाई भट्टे–दमारगाँउ सडक खण्डको नाजुक स्थितिका बारेमा अबगत गराएका थिए ।
स्थानीयहरुले भट्टे–दमारगाँउ सडक खण्ड मर्मतको लागि सालिन्दा विभिन्न दलका नेता तथा मन्त्रीहरुलाई आग्रह गर्दै आएको भएपनि कसैबाट सुनुवाई तथा सम्वोधन नभएको गुनासो नगर सभापति केसीसंग गरेका थिए । त्यसैको आधारमा स्थानीयको सुविधालाई मध्यनजर गर्दै सभापति केसीले निजी लगानीमा उक्त सडक खण्ड मर्मत गर्न लागेको सडक निर्माण समितिका अध्यक्ष रेशमराज खरालले बताए । सडक खण्ड मर्मत गर्न एउटा जेसिबीलाई झन्डै एक हप्ता कामगर्नुपर्ने अध्यक्ष खरालले बताए ।
प्रविन केसीले नगद सहयोग गरेर सडक खण्डको स्तरउन्नती गरिदिन थालेपछि स्थानीयबासी हर्षित भएका छन् ।
