deuba

 तुलसीपुर  ११ पुस । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा आज   दाङ आउँदैछन । दाङको चखौरामा आयोजना गरिएको  थारु साँसकृतिक महोत्सव र तुलसीपुरमा माघ १३ गते देखि आमयोजना गर्न लागिएको मध्यपश्चिम क्षेत्रस्तरीय व्यापारीक महोत्सव उद्घाटनका लागि पूर्व प्रधानमन्त्री समेत रहेका देउवा दाङ आउन लागेको सांसद डिल्लीबहादुर चौधरीले जानकारी दिए ।

सभापति देउवा संगै सरकारका आधादर्जन मन्त्रीहरुपनि दाङ आउने चौधरीले बताए । सभापति देउवा आज दिउँसो तीन बजेसम्म दाङ आइपुग्ने सांसद चौधरीले जानकारी दिए । सिंचाई मन्त्री दीपक गिरी भने सोमवार राति नै  दाङ आइपुग्ने बेलुका उनका प्रेस सल्लाहाकार नविन गिरीले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलवाट जानकारी दिएका थिए । गिरीका अनुसार मन्त्री गिरी संगै पूर्व मन्त्री र केही सांसदहरुपनि दाङ आउने छन् ।

त्यस्तै काँग्रेस सभापति देउवा संग गृह मन्त्री विमलेन्द्र निधि, रक्षा मन्त्री वालकृष्ण खाँड, यातायात व्यवस्था मन्त्री रमेश लेखक लगायतका नेता तथा सांसदहरु दाङ आउन लागेको  सांसद चौधरीले जानकारी दिए । जिल्लावाट प्रतिनिधित्व गर्ने अधिकाँस सांसदहरु सोमवार नै दाङ आइसकेको जानकारी प्राप्त भएको छ ।

जिल्लावाट निर्वाचित सांसदहरु बुद्धिराम भण्डारी, राजु खनाल, सुशीला चौधरी, पार्वती डिसी चौधरी लगायत अन्य पार्टीका सांसदहरुपनि दाङ आइसकेका छन् । काँग्रेस सभापति सहित आधा दर्जन जति मन्त्रीहरु आउने खबर सार्वजनिक भएपछि सोमवार नै जिल्ला सुरक्षा समितिले चखौरा क्षेत्रमा सुरक्षा अुनगमन गरेको छ । सभापति देउवा वास बस्ने क्षेत्र र उनी हिड्ने रुटहरुमा सुरक्षा सर्तकता बढाइएको प्रहरीले बताएको छ ।

यसैबीच सभापति देउवाले नेपालगञ्जमा आज दिउँसो एक बजे लौह पुरुष गणेशमान श्रेष्ठको शालिक अनावरण गर्ने कार्यातालिका छ । उक्त कार्यक्रम सकेर सभापति देउवा दाङ आउने र अकमी मटेरामा निर्माणाधिन  पक्की पुल शिलन्यास गर्न जाने सांसद चौधरीले जानकारी दिए ।

त्यसपछि आज अपरान्हमा पार्टी सभापति देउवाले टरिगाँउ एयरपोर्टमा प्रेस यूनियनको पत्रकार सम्मेलनमा सहाभागि हुने छन् । त्यसलगतै व्याकवार्ड शोसाईटी एजुकेशन वेसमा चियापान हुने र लगत्तै थारु महोत्सवम स्थल हेकुली ८  चखौरामा पुगि त्यँही वासबस्ने कार्यक्रम रहेको सांसद चौधरीले जानकारी दिए । जहाँ उनले देशभरका थारु अगुवाहरु संग माघीको शुभकामना आदान प्रदान कार्यक्रम गर्नेछन् । देउवा तीन दिन सम्म दाङमा रहने छन् ।

काँग्रेस सभापति देउवाले १२ गते थारु शांसकृतिक महोत्सवको उद्घाटन गर्नेछन भने १३ गते तुलसीपुरमा आयोजना गरिएको  महोत्सवको उद्घाटन गर्ने छन् । त्यसपछि  काँग्रेस कार्यकर्ता संग भेटघाट गर्ने कार्य तालिका रहेको सांसद चौधरीले बताए । पूर्व प्रधानमन्त्री समेत रहेका देउवा माघीका अवसरमा विगत केही वर्ष यता निरन्तर दाङ आइरहेका छन् । यसको अर्थ देउवाले पछाडी पारिएको भनिएको थारु समुदायलाई  महत्व दिएको वा थारु समुदायको मौलिक अनि सांस्कृतिक पर्वलाई जगर्नागर्न सहयोगी बनेको सांसद चौधरीको दाबी छ ।