दाङ, १० माघ । घोराही ५ नवलपुरमा आयोजना हुन लागेको मध्यपश्चिम व्यापारिक महोत्सव व्यवसायिकहरुको हितमा नभएको भन्दै व्यवसायीहरुले रोक्न माग गरेका छन् ।

mahoमहोत्सव रोक्न माग गर्दै दाङ जिल्ला उद्योग बाणिज्य अन्तरगतका बिभिन्न बस्तुगत समितिहरुले आज पसल बन्द गरेर जिल्ला प्रशासनमा धर्ना दिने भएका छन् ।

विभिन्न ८ बस्तुगत समितिहरुको सोमबार घोराहीमा बसेको संयुक्त बैठकले गैर व्यापारिक संस्थाले महोत्सव लगाउदा व्यवसायिक हित विपरित कार्य हुने भन्दै विरोध गर्दै आएका छन् ।

महोत्सबको तयारी तिव्र
दाङको घोराहीमा माघ २७ गतेदेखि सुरु हुने मध्यपश्चिम ब्यापारिक, सास्कृतिक एवं पर्यटन महोत्सब २०७३ का लागिअ हिले स्टल बुकिङको कार्य भैरहेको छ । २ सय ५० बढी स्टलहरु रहने महोत्सबकालागिअहिले सम्म ४० प्रतिशत स्टलहरु बुकिङ भैसकेको महोत्सबमुलआयोजक समितिले बताएको छ ।

नवलपुरमा खेल मैदाननिर्माणका लागिआयोजना गरीएको महोत्सबकालागि स्थानियव्यवसायीहरु, कृषिउत्पादनका सामग्रीहरुको प्रर्दशनीतथाप्रचारप्रसार, पर्यटन सम्बन्धी सामग्रीहरुको प्रर्दशनीतथाप्रचारप्रसारका स्टलहरुको लागिबुकिङ भैरहेको मुलआयोजक समितिअन्र्तगत स्टल व्यवस्थापन समितिका संयोजक एसके शर्माले जानकारी दिए ।