महेश केसी 
रुकुम सिस्नेको हिमालय माध्यमिक विद्यालयमा हिँउ परेका कारण विद्यालय बिदा भएपछि घरतर्फ फर्कंदै गरेका विद्यार्थी।तस्बिरस् अन्‍नपूर्ण
भगवान्‌को भरमा चलेको छ जिन्दगी

मुसीकोट ( रुकुम ) मनकली विकले गर्भवती भएपछि पनि गह्रो काम गर्न छोडिनन्। गत मंसिर २१ गते रातभरि सुत्केरी बेथा च्याप्यो। अस्पताल लैजाने कुरा कसैले गरेनन्।

२२ गते बिहानपख घरमै बच्चा जसोतसो जन्मियो तर बच्चा जन्मिएको केही क्षणमा नै मनकलीको पाठेघरबाट अत्यधिक रक्तस्राब भएर उनको ज्यान गयो। गाउँका मान्छेले  भूत लागेकोु भन्दै पछिसम्मै पनि छोइछिटो गरे। धामीझक्री बसाले।

Sisne_VDC_Rukum_Nepal-5885ad85cdb763.52012079यो घटना हो, रुकुमको उच्च पहाडी दुर्गम गाउँ सिस्नेको। यहाँ यसैगरी उपचार अभावमा बर्सिेनि धेरै आमा र बच्चाको ज्यान जान्छ। कति भीरबाट लडेर मर्छन् त कति त कुपोषणको सिकार बन्छन्।

सडक पुगेको छैन, बिजुली बलेको छैन, मोबाइल फोन कस्तो हुन्छ यहाँका सर्वसाधारणलाई थाहा छैन। जिल्लाको मात्रै होइन मध्यपश्चिम क्षेत्रकै चर्चित सिस्ने हिमालको फेदीमा पर्ने सिस्ने गाविसका बासिन्दा अहिले पनि आधारभूत विकासको पर्खाइमा छन्। यहाँ अन्धविश्वास यति छ कि मान्छेहरू अस्पताल होइन पहिलो भर देवतामा पर्छन्।

मनकलीका श्रीमान् बमबहादुर विक भन्छन्, गाउँमा एउटा अस्पताल त छ तर भनेको बेला चाहिएको औषधि कहिल्यै पाइँदैन। बरू देवता नै खुसी पारे निको हुन्छ जस्तो लाग्छ। जिल्लामा सिस्ने हिमालको नामबाट धेरै संघसंस्था पनि खुलेका छन् तर ती संस्थले सिस्ने गाविस दुर्गम र टाढा छ भन्दै कुनै गतिविधि गरेको पाइँदैन।

सडक पुगेको छैन, बिजुली बलेको छैन, मोबाइल फोन कस्तो हुन्छ यहाँका सर्वसाधारणलाई थाहा छैन। जिल्लाको मात्रै होइन मध्यपश्चिम क्षेत्रकै चर्चित सिस्ने हिमालको फेदीमा पर्ने सिस्ने गाविसका बासिन्दा अहिले पनि आधारभूत विकासको पर्खाइमा छन्। यहाँ अन्धविश्वास यति छ कि मान्छेहरू अस्पताल होइन पहिलो भर देवतामा पर्छन्।

स्थानीय शिक्षक जनक केसी भन्छन्, सदरमुकाममा आउँदा सिस्नेको नामबाट धेरै संघसंस्थाले गतिविधि गरेको देख्छु तर ती नाम मात्रै सिस्नेका रहेछन्। कोही पनि अहिलेसम्म सिस्ने पुगेका छैनन्। वर्षको बाह्रै महिना चिसो हुने सिस्नेमा यतिबेला हिउँले छोपेको छ। यस कारण विद्यालय बन्द छन्।

वर्षभरि बल्लतल्ल एक बाली उत्पादन हुने यहाँका जनता बर्सेनि खाद्य अभाव खेपिरहेका छन्। तर जिल्ला सदरमुकाममा बसेर कतै भोकमरी र अभाव नभएको दाबी गर्न भने यहाँका सरोकारवाला कार्यालयले छाडेका छैनन्। स्थानीय उत्पादनले वर्षभरि खान पुग्दैन। उत्पादित अन्न सकिँदा स्थानीयस्तरमा नै उत्पादन हुने आलु खाएर भोक मेट्ने गरेको स्थानीय युवा मानबहादुर बुढा बताउँछन्।

हामी ६ महिना अन्न र ६ महिना आलु खान्छौं। मनबहादुर भन्छन्, वर्षमा एक बाली मात्रै हुन्छ, चामल किनेर खान महंगो पर्छ। भन्नेबित्तिकै पैसा कहाँबाट पाउनुरु यस कारण आलु खाएर भोक मेट्छौं।

केही महिनाअघि ठेकेदारका माध्यमबाट विश्व खाद्य कार्याक्रमको चामल पनि पुग्यो सिस्नेमा। तर त्यो चामल यति खराब थियो कि खाएको केही दिनभित्र पूरा गाउँ नै बिरामी परेको स्थानीय चन्द्रबहादुर बुढा बताउँछन्। सरकारले आफूहरूलाई हरेकपल्ट ठग्ने गरेको आरोप छ चन्द्रबहादुरको।

उनी आक्रोश व्यक्त गर्छन्, सिस्नेलाई विष पठाइदिए पनि खान्छन् भन्ठान्छ सरकार। के गर्नु हजुर अज्ञानी छौं। सोझालाई जसले पनि हेप्दो रहेछ।ु यहाँबाट भोट पाएर गएका नेता अहिलेसम्म यहाँको दुःख बुझ्न फर्केर आएका छैनन्। अब एकैचोटी अर्को चुनावमा भोट माग्न मात्रै आउने स्थानीय बताउँछन्।

हरेक वर्ष खाद्यान्न अभाव हुने यस ठाँउमा खान नपुगेकै कारण कसैको मृत्यु भएको स्थानीयले नभने पनि शिक्षक जनक केसी भने बर्सेनि सयांको ज्यान खान नपाएरै जाने गरेको दाबी गर्छन्। उनका अनुसार खान पाउँदैनन् र कुपोषणका दर्जनांको अकालमा ज्यान जान्छ। सोझा जनता ठान्छन्, देउता रिसाएर ज्यान गयो।ु

भौगोलिक रूपले अत्यन्त विकट सिस्ने गाविसभरि एउटा स्वास्थ्यचौकी छ। यस स्वास्थ्यचौकीका प्रमुख शंकर ओलीको पनि दुई महिनाअघि सरुवा भएपछि नयाँ प्रमुख आएका छैनन्। हाल स्वास्थ्यचौकीको सेवा लगभग अवरुद्धजस्तै छ।

सामान्य औषधि लिन पनि एक दिनको बाटो हिँडेर छिमेकी गाविस जाङ पुग्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्। गाउँकै स्वास्थ्यचौकीमा बच्चा जन्माउने सुविधा नभएका कारण पनि यहाँ स्वास्थ्य संस्थामा गएर सुत्केरी हुनुपर्छ भन्ने चेतना छैन। सबैजसो आमाहरू अहिले पनि घरमै बच्चा जन्माउछन्। सबै भगुवान भरोसाु मा चलेको छ सिस्नेमा।

गाउँभरमा स्नातक तहसम्म पढेका कोही छैनन्। प्लस टु सकेकाको संख्या औलामा गन्न सकिने मात्र छ। एसएलसी जसोतसो उत्तीर्ण गरे पनि यहाँका युवाको पहिलो प्राथमिकता वैदेशिक राजगारी नै हुन्छ। अहिले पनि गाउँका लगभग दुई तिहाइ युवा विदेशमा छन्।

खरको छानो टिनको बनाउने, आलु खाने परिवालाई चामल खुवाउनेु सपना बोकेर विदेशिएका यहाँका धेरै युवाले निराशा बाकेर घर फर्कनुपरेको छ। तर विदेशको विकल्प देख्दैनन् यहाँका युवा। स्थानीय युवाका अनुसार आफ्ना धेरै दांतरी विदेश गएर कमाइ नभएपछि मानसिक रोगीसमेत भएको दाबी गर्छन्।स्थानीय मानबहादुर बुढा पाँच वर्षअघि ३२ वर्षको उमेरमा विदेशिएपछि परिवारको सम्पर्कमा छैनन्। कहाँ गए, कहिले फर्कन्छन् र उनको हालत के छ, केही खबर आएको छैन। मानबहादुरका ६५ वर्षीय बुबा देवीलालको दुःखेसो छ, छोराले कमाउला र सुखको सास फेरौंला भनेर ऋण लिएर विदेश पठाएको, छोरो नै हरायो।ु देवीलाल भन्छन्, ऋण तिर्न सकेनौं, यसकारण घरजग्गा सबै साहुले लग्यो। हामी बेघर भयौं। यो त एउटा उदाहरण मात्रै हो, यस्ता धेरै घटना छन् गाउँमा जुन सिस्नेवासीलाई सामान्य लाग्न थालसकेका छन्।

गाविसभरि दुई माध्यमिक तहका विद्यालय भए पनि ती विद्यलायले मावि तहको स्वीकृति मात्रै पाएका छन्। हिमालय माविका प्रधानाध्यापक उमेश खड्काका अनुसार ती विद्यालयले स्वीकृति पाएको बर्सौ हँदासमेत मावि तहको दरबन्दी भने पाएका छैनन्। विद्यार्थीको संख्या बढ्दो छ। विद्यालयमा भौतिक सुविधा थपिएका छैनन्। प्रअ केसी भन्छन्, दुर्गमको दुःख कसैले देखेको छैन। अन्नपूर्ण पोस्ट बाट