दाङ, १० माघ । तुलसीपुर उद्योग बाणिज्य संघले यही माघ १३ गते देखि २३ गतेसम्म आयोजना गर्न लागेको मध्यपश्चिम क्षेत्रीय व्यापार तथा पर्यटन महोत्सवमा आउने दर्शकहरुलाई यातायात सेवा सहज हुने भएको छ ।

mela logoसोमवार दाङ जिल्लामा रहेका यातायात व्यवसायीहरुले महोत्सव अवधिभर आउने जाने यात्रुहरुका लागि यातायात सहज हुने व्यवस्थापन गरिएको प्रतिवद्धता समेत जनाएका छन् । मूल आयोजक समिति संग को छलफलमा सबै यातायात व्यवसायीहरुले महोत्सव अवलोकन गरेर सांझ घर फर्कने समय व्यवस्थापन गरी ग्रामिण रुटहरुका सवारी साधन संचालन गर्ने जनाएका छन् ।

उनीहरुले तुलसीपुरवाट छुटने सबै ग्रामिण रुटहरुमा अरु समय भन्दा एक घन्टा समय वढाएर गाडी संचालन गर्ने र घोराही तुलसीपुर रुटमा सांझ ७ वजेसम्म यातायात संचालन गर्ने निर्णय भएको राप्ती बस समितिका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।

कार्यक्रममा तुलसीपुर मिनि वस तथा माईक्रो यातायात व्यवसायी समितिका अध्यक्ष पवन वुढाथोकी, अम्विकेश्वरी यातायात व्यवसायी समितिका कार्यवहाक प्रशासनिक सचिव सुसिल न्यौपाने, साना मालवहाक यातायात व्यवसायी समितिका अध्यक्ष भुवन भुसाल लगायतले महोत्सव अवधिभर दर्शकहरुलाई कुनै रुटमा समस्या परे तत्काल गाडीहरु थप गरिने वताए ।