गोविन्द खड्का
घोराही । घोराहीको बडहरास्थित बाल उद्यान सौन्दर्यौकरण र पार्क निर्माण गर्न पर्यटन कार्यालय भैरहवाले पा“च लाख बजेट व्यवस्था गरेको छ । घोराही ८ को बडहरामा थप संरचना निर्माण भई पार्कको रुवरुप दिन सजिलो हुने घोराही नगरपालिकाका सुचना अधिकारी प्रेम केसिले जानकारी दिएका छन् ।
व्यक्तिको जग्गा सरकारका नाममा आएपछि घोराही नगरपालिकाले अघिल्लो आर्थिक बर्षमा दश लाख लगानि गरेको थियोे । त्यस बाट पर्खाल उठाई बार बन्देज गरिएको छ । बाल उद्यान भनिएपनि खेलामैदानमा सिमिति थियो । उद्यान वरपर करिब १५ विघाह जमिनमा प्लटिङ गरिएको थियो । त्यस बाट करिव हजार बढि घडेरी बनाईएको जग्गा दिनेहरु मध्यका एक गणेश गुरुङले जानकारी दिए । अहिलेको बजेटले थप हौसला दिएको गुरुङले जानकारी दिए । पर्यटन मन्त्रालयको ध्यान पुगेकोमा स्वागत गर्नुभयो । सन बहादुर बुढा, बयन बुढा र गणेश गुरुङले नगरपालिकालाई जग्गा दिने अन्तिम हस्तान्तरण गरेका थिए ।
यसैगरी सुचना अधिकारी केसीका अनुसार घोराही ९ माछापुच्छे पार्कको सौन्दर्यौकरण गर्न पा“च लाख, शहिद पार्क निर्माण घोराही २ गुलरीयालाई पा“च लाख बजेट व्यवस्था गरेको पत्र प्रँप्त भएको छ । यस बर्षको वार्षिक कार्यक्रममा स्विकृत भएकाले सम्झौता प्रकृयाका लागि पहल थालिने छ ।
कार्यन्वयनका लागि मन्त्रालयले मागेअनुसार उपलब्ध गराउने अधिकारी केसिले जानकारी दिऐ । कामका वारेमा स्थानिय उपभोक्ताले निर्णय गर्ने अधिकार दिएको छ । उनिहरुले चालिस प्रतिशत श्रमदान वा सामाग्री दिएर पुरा गर्नुपर्ने छ । ‘स्थानिय निकायको रोहबरमा उपभोक्ता समिति गठन गर्ने । कानुन सम्बत गठित समिति, निर्माण गर्ने संरचना वा गर्नुपर्ने कार्य उपभोक्ताको भेला बाट निश्चत गर्ने’ उनले भने, ‘चालिस प्रतिशत उपभोक्ताले हाल्नुपर्ने । श्रम निर्माण सामाग्रीमा लाग्ने छ ।’
