दाङ, १० माघ । प्राविधीक शिक्षाको स्तर उन्नतिका लागि दाङको घोराहीमा आयोजना गरिएको धार्मीक महोत्सव एवं श्रीमाद्भागवत सप्ताह ज्ञान महायज्ञ २०७३ सकीएको छ । माघ ३ गतेदेखी सुरु भएको महायज्ञ आज सोमवार सकीएको हो ।
पद्मोदय पब्लीक नमुना माध्यामीक विद्यालय घोराही ११ भरतपुरको आयोजनामा विद्यालयको शैक्षीक गुणस्तर अभिवृद्धि एवं स्तरिय प्राविधीक शिक्षालय सञ्चालनार्थ “सबै धर्मबीच एकता, हामी सबैले बुझौ प्राविधीक शिक्षाको आवश्यकता” भन्ने मुल नारामा साथ घोराहीमा माघ ३ गतेदेखी सोमवारसम्म सञ्चालन भएको महायज्ञमा करिब ३ करोड बडि दान संकलन भएको छ ।
८ दिनसम्म सञ्चालन भएको महायज्ञमा ३ करोड ३० लाख बढी दान संकलन भएको महायज्ञका अध्यक्ष गोविन्द न्यौपानेले जानकारी दिनुभयो । जसमा १ करोड २६ लाख ९० हजार बराबरको जग्गा र २ करोड ३ लाख बराबरको नगद दान संकलन भएको उहाँले जानकारी दिनुभयो । जसमा दाताहरुबाट १ करोड ५५ लाख, तुलादानबाट २० लाख, कलशबाट २३ लाख दान संकलन भएको पनि न्यौपानेले जानकारी दिनुभयो ।
महायज्ञमा लालमटीया २ घनिबगीया घर भई हाल मसुरिया निवासी सावित्रीदेवी शर्मा घिमीरेले स्वर्गीय श्रीमान मेदनीराज घिमीरेको स्मृतिमा घोराही ६ मसिनामा रहेको ४१ लाख बराबरको ११ कठ्ठा १७ धुर जग्गा दान गर्नुभएको छ । उहाँले महायज्ञको अन्तिम दिन सोमवार सो दान गर्नुभएको हो । यस्तै महायज्ञमा घोराही ११ रतनपुरका सीता शर्मा अधिकारीले श्रीमान कुमार अधिकारीको स्मृतिमा ३० लाख बराबरको जग्गा दान गर्नुभएको छ भने घोराही निवासी खेमराज शर्मा(उपेन्द्र) ले १० लाख बराबरको जग्गा दान गर्नुभएको छ ।
यस्तै घोराही निवासी भुपबहादुर डाँगीले ६ लाख ५० हजार बरबरको जग्गा दान गर्नुभएको महायज्ञ आयोजक मूल समितिका कोषाध्यक्ष निशान्त आचार्यले जानकारी दिनुभयो । महायज्ञको अन्तिम दिन हापुरका निर्मल न्यौपाने र राजु न्यौपानेले २ लाख बराबरको जग्गा र चिन्तामणी पोख्रेल र भोजराज पोख्रेलले १ लाख १० हजार बराबरको जग्गा दान गर्नुभएको पनि उहाँले जानकारी दिनुभयो ।
महायज्ञमा विद्यालयका पूर्व प्राचार्य एवं महायज्ञ आयोजक मूल समितिका अध्यक्ष गोविन्दप्रसाद न्यौपानेले नगद ५ लाख ५ हजार ५ सय
५५, घोराही ११ का गिरिराज खड्काले नगद ५ लाख ५ हजार ५ सय ५५, घोराही ११ का खीमकुमारी श्रेष्ठले नगद ५ लाख ४ हजार १ सय ४५ रुपैया दान गर्नुभएको छ ।
महायज्ञको अन्तिम दिन जग्गा सहित ६४ लाख ७३ हजार ४ सय १६ रुपैया दान संकलन भएको छ । अस्मीता पब्लीकेशन काठमाडौका अस्मीता शर्मा र मनोज शर्माले १ लाख ११ हजार १ सय ९९, घोराही १० का यज्ञबहादुर भण्डारीले ५५ हजार ५ सय ५५, घोराही ११ का थानेश्वर आचार्य र तुलसा आचार्यले ५१ ह्जार १ सय १, जिल्ला विकास समिति दाङले ५६ हजार ६ सय २६ रुपैया ६७ पैसा नगद दान गर्नुभएको महायज्ञका प्रचारप्रसार संयोजक सुदिप गौतमले जानकारी दिनुभयो । महायज्ञा पाण्डवेश्वर महादेव मन्दिर धर्ना धारापानीले ४२ वटा गाई दान गरेको छ । महायज्ञमा प्रमुख कथावाचक पण्डीत दिनवन्धु पोख्रेल र सहवाचक धुव्रशरण बस्यालले प्रवचन दिईभएको थियो ।
