कविता उपाध्याय
रोल्पा, १० माघ । सखी–६ टुनिबोट रोल्पाका भीमबहादुर खत्री अहिले ७५ वर्ष पुगे। खत्रीले जीवनमा दुईवटा विवाह गरे तर दुवै अनमेल विवाह थिए। खत्रीकी पहिलो श्रीमती उनकी आमाभन्दा जेठी थिइन् भने दोस्रो श्रीमती छोरीभन्दा कान्छी। खत्रीकी कान्छी श्रीमती आगामी जेठ महिनामा ४५ वर्ष पुग्दै छिन्।
करिब ३० वर्षको अन्तर रहेका यो दम्पतीको कान्छो छोरा ५ वर्षका छन्। अनमेल विवाह गरेका रोल्पाका यो दम्पतीलाई सन्तानको भविष्यको चिन्ताले निकै पिरोल्ने गरेको छ। आफू डाँडा माथिको जून भइसकेकै बेला जन्मिएको छोरालाई उच्च शिक्षा दिन र बाचुन्जेल राम्रो स्याहारसुसार गर्न पनि सक्दैन कि भन्ने चिन्ताले आफूलाई दिनरात पिरोल्ने गरेको उनी गुनासो गर्छन्।
रोजगारीको सिलसिलामा भारतको अल्मोडामा दिन गुजार्दै आएका खत्रीका जेठी श्रीमतीबाट एक छोरी र कान्छी श्रीमतीबाट तीन छोरा गरी चार सन्तान छन्। चारै जना सन्तान अशिक्षित छन् । गरिबी र चेतना अभाव नै सन्तान अशिक्षित हुनुको मुख्य कारण रहेको खत्री दम्पती स्वीकार्दछ। हाल कान्छी श्रीमतीसँग जीवन चलाउँदै आएका खत्रीकी जेठी श्रीमतीको मृत्यु भइसकेको छ।
विसं २०१८ सालमा पहिलो विवाह गर्दा खत्री २० वर्षका थिए भने उहाँकी श्रीमती ४५ वर्षीया, दुई छोरा र दुई छोरीकी आमा बनिसकेकी गाउँकै ४५ वर्षीया धनी बहकरीसँग उठबस गर्दागर्दै अवैध सम्बन्धबाट गर्भ रहेपछि खत्रीले आमाभन्दा ठूलो उमेरकी गाउँकै विधवा महिलालाई १८ वर्षको उमेरमा श्रीमतीका रुपमा स्वीकार्नुभएको थियो । खत्रीसँग विवाह गर्दा धनीका नातिनातिना समेत जन्मिसकेका थिए ।
अवैध गर्भ रहेकै कारण विवाह गर्न बाध्य भएकी धनीले खत्रीसँग दोस्रो विवाह भएको केही महिनामै छोरीको जन्म दिनुभयो । तर खत्रीले श्रीमतीलाई दिनुपर्ने माया, ममता र आत्मीयता कहिल्यै पनि दिनुभएन । केवल अवैध रुपमा रहेको गर्भ नै उहाँहरुको विवाहको मुख्य कारण बन्यो । अवैध गर्भ रहेपछि गाउँलेको दबाबका कारण खत्री र बहकरीबीच विवाह सम्पन्न भएको थियो। यसरी विवाह बन्धनमा बाँधिएका खत्री सुत्केरी श्रीमती र दूधे बालक ९छोरी० आमाको जिम्मामा छोडेर धन कमाउने बहानामा विसं २०१९ सालमा भारतको कानपुर पुगेका थिए।
भारत पुगेका खत्री लामो समयसम्म नेपाल फर्केनन्। यता खत्रीकी आमाको मृत्यु भयो भने जन्मने बित्तिकै छोडेर गएकी छोरीको विवाह भयो। तर खत्री घर, आमा र श्रीमती सम्झेर स्वदेश आएनन्। पहिलो श्रीमान्बाट भएका छोराछोरी छोडेर खत्रीसँग दोस्रो विवाह गरेकी उनकी ४५ वर्षीया श्रीमती धनी बहकरीलाई दोस्रो श्रीमान्ले पनि छोडेर गएपछि बहकरीका पछिल्ला दिनहरु निकै कष्टकर बन्दै गए। तर पनि खत्रीलाई घरपरिवारको कुनै चासो र चिन्ता नरहेको उनको अनुभव छ।
उनका अनुसार रहरले विवाह गरेको भए उनी घर फर्कन्थे तर अवैध गर्भ रहेकै कारण विवाह गर्न बाध्य भएका खत्रीलाई घर फर्कन मन लागेन। आमाको मृत्यु हुँदा पनि उहाँ घर आएनन्। अतीतको स्मरण गर्दै खत्रीले भने, “आमाको मृत्यु भएको खबर सुनेपछि भारतको बनारस पुगेर हिन्दू धर्मअनुसार काजकिरिया गरेँ तर घर फर्किनँ।” करिब ३० वर्षपछि खत्री स्वदेश फर्कंदा ४५ वर्षीया श्रीमती धनी बहकरीको उमेर ७५ वर्ष नाघिसकेको थियो ।
बूढेसकालको सहारा कोही नभएपछि बेसहारा बनेकी बहकरीको सोधीखोजी नगरी रोजगारीबाट फर्किएपछि खत्रीले दोस्रो विवाह गरे। यसरी खत्रीले दोस्रोपटक गरेको विवाह पनि अनमेल नै रह्यो । अडचालीस वर्षीय खत्रीले गाउँकै १८ वर्षीया कमला कुसुन्डासँग मागी विवाह गरे। बाबुकै उमेरको करिब ३० वर्ष जेठो केटासँग विवाह गर्न इच्छा नहुँदा नहुँदै पनि कमलाकी आमाले धेरै सम्झाइबुझाई गरेर छोरी कमलाको विवाह खत्रीसँग गरिदिइन्।
विवाह गर्दा कमलाकी आमाले ‘आफ्नै उमेरको केटासँग विवाह गर्दा दुःख दिन सक्छ, जाँड रक्सी खाएर कुटपिट गर्न सक्छ, दोस्रो विवाह गर्न सक्छ तर उमेर पुगेको केटासँग विवाह गर्दा सुख पाइन्छ’ भनेर सम्झाइबुझाई गरेको कमलाले अहिले पनि बिर्सेकी छैनन्। यसरी आमाले धेरै सम्झाइबुझाई गरेपछि कमला आफूभन्दा ३० वर्ष जेठो केटासँग ९खत्रीसँग० विवाह गर्न मञ्जुर भएकी थिइन्। कमलाको खत्रीसँग विवाह हुँदा खत्रीको पहिलो श्रीमतीबाट पनाति पनातिनीसमेत जन्मिसकेका थिए ।
“अहिलेका मान्छेले प्रेम गरेर आफूलाई मन परेको केटासँग विवाह गर्छन् तर हाम्रो पालामा त्यस्तो थिएन वा आमाले जहाँ दिन्छन् त्यही जानुपथ्र्यो,ु कमलाले भनिन्। विसं २०४८ मा करिब ३० वर्षको अन्तरमा विवाह बन्धनमा बाँधिएका कमला कुसुन्डा र खत्रीबाट तीन छोरा जन्मिसकेका छन् । अनमेल विवाह गरेका दम्पतीको गृहस्थी राम्रै चलेको छ । तर पनि खत्रीलाई कहिले श्रीमती त कहिले सन्तानको भविष्यको चिन्ताले पिरोल्दै आएको छ।
खत्रीको भनाइ छ “अहिले म ७५ वर्षको भएँ। अब कति बाँचुला र रु कतै म मरे भने बच्चाले त दुःख पाउलान् नै। तर श्रीमती पो के गर्लिन् रु कहाँ जालिन् रु उनको अझ बढी चिन्ता लाग्छ।” खत्री दम्पतीको पहिलो सन्तान पनि बाबुआमासँगै ज्याला मजदुरी गर्छन्। दोस्रो सन्तान बोल्न सक्दैनन् उनी अलि सुस्तःमनस्थितिका छन् भने काखको छोरा ५ वर्षका छन्।
उमेरमै आफ्नो उमरेको केटीसँग विवाह गरेको भए आज यो चिन्ताले पिरोल्ने थिएन भन्ने खत्रीको बुझाइ छ । उनले भावुक हुँदै भने – “जेठी श्रीमती आमाभन्दा जेठी थिई। कान्छी श्रीमती छोरीभन्दा कान्छी। अहिले बूढेसकालमा बुद्धि आएर के गर्नु १ मैले त समयमा बुद्धि नपु¥याएर गल्ती गरें। अरू कसैले यस्ता गल्ती दोहोर्याउनु नपरोस्।”
पछिल्लो दिनमा जिल्लामा खासै अनमेल विवाह गर्ने जोडी नभए पनि पुरानो पुस्तातिर फर्कंदा धेरै अनमेल विवाह गरेका जोडीहरु भेट्न सकिन्छ । नेपाल खबरबाट
