सप्तरी, १० माघ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय उदयपुर ठोक्सिलामा कार्यरत प्रहरी जवान ज्ञानदेव यादवको ज्यान गएको छ ।

Motorcycle_Accident-e1448084749823यादवले चलाएको को २६ प ३००१ नम्बरको मोटरसाइकल पुलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका यादवको राजविराजको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा सोमबार ज्यान गएको प्रहरीले जनाएको छ ।