तुलसीपुर १० पुस । तुलसीपुरमा अटो ईलेक्ट्रिक रिक्सा श्रमिक यातायात प्रालि सञ्चालनमा आएको छ । बिगत एक बर्ष देखी ईलेक्ट्रिक श्रमिक संघ गठन भएर सञ्चाल भएको उक्त संगठनले प्रालि दर्ता गरी काम शुरु गरेको जनाएको छ । प्रालिको शनिबार भएको पहिलो साधारण सभाले २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
तुलसीपुरमा भएको साधारण सभाले गम्बरचन रोकाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा नारायण जिसी, उपाध्यक्षमा भोजराज पन्थि, साबित्रा बिक, महासचिब माधब दाहाल, सचिब तारा प्रकाश वली, कोषाध्यक्षमा होम बहादुर केसीचयन भएको छन् । त्यस्तै सदस्यहरुमा दत्त प्रकाश वली, दिगम्बर सिंह भण्डारी, जिवराज लामिछाने, मित्रलाल बिक, तिलक बस्नेत, तिल बहादुर कार्की, बंश बहादुर चौधरी, डिल्ली बहादुर डाँगी, प्रेम नेपाली, मिना छन्त्याल, मञ्जु गुरुङ्, बिर्मा अधिकारी, भिमा बस्नेत, चन्द्रलाल चौधरी, खिम बिक, गोपी राम चौधरी, देव वली, कमल बिक रहेका छन् ।
नयाँ कार्यसमितका पदाधिकारीहरुलाई आईतबार सपथ ग्रहन गराईएको छ । अखिल नेपाल टे«ड युनियन महासंघ प्रदेश नंबर ५ का अध्यक्ष दान बहादुर वली र सुमन कुमार पुनले नयाँ कार्यसमितिलाई सपत ग्रहण गराएका हुन् ।
सुभकामना तथा सपथ ग्रहण कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सचिब समेत रहेका वलीले सवारी ऐन र यातायात नियमावली मज्दुरको हित बिपरित भएकाले यस्लाई सच्चाउनु पर्ने बताए ।
त्यस्तै औद्योगीक ब्यबसायी ऐनमा रहेको नो वर्क नो पे र हायर एण्ड फायर जस्ता मज्दुर बिरोधी प्राबधान खारेज गर्नुपर्ने उनको भनाई थियो । पटक पटकको मज्दुरहरुले मागलाई बेवास्ता गर्दै अझै पनि सरकारले श्रम ऐन र समाजिक सुरक्षा ऐन जारी नगरेको भन्दै दुःख ब्यक्त गरे ।
त्यस्तै राष्ट्रिय मज्दुर आयोग, कार्यस्थलबाट मतदानको अधिकार, राष्ट्रिय उद्योगहरु निजि क्षेत्रलाई दिने नीति खारेज गर्नुपर्ने वलीले बताए । पछिल्लो समय महिलाहरु पनि अटोरिक्सा चलाएर दैनिकी चलाउन सफल भएकाले महिलाहरुले पनि अबशर पाए जुन कामपनि गर्न सक्ने उनको भनाई थियो । उनले महिला सवारीचालकहरुलाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताए ।
नयाँ नेतृत्व चयन पछिको पहिलो बैठक भएको छ । बैठकले सल्लाहकार पनि गठन गरेको छ । जसमा भरत भट्टराई, पोषणराज बस्नेत, शोभाराम टन्डन, सेरसिंह डाँगी, हिरालाल चौधरी, ईश्वरी प्रशाद गैरे, सुमन कुमार पुन रहेका छन् ।
