ओमन १० पुस । सकिन्छ साहित्य सृजना गरौ ,सकिन्न यसको संरक्षण गरौू भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमान च्याप्टरले आफ्नो प्रथम बार्षिकोत्सव को अवसर पारेर एक बिचार गोष्ठी सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष दिल प्रसाद पौडेल को अध्यक्षतामा मस्कट स्थित हाईएष्ट माउन्टेन रेस्टुरेन्ट मदिना काबुसमा भएको उक्त कार्यक्रम को सन्चालन महासचिव सुशील पुन बिरही ले गर्नुभएको थियो ।
नेपाली राष्ट्रिय गान गाएर अघि बढेको सो कार्यक्रम को उदघाटन अध्यक्ष दिल प्रसाद पौडेल ले गर्नुभएको थियो भने स्वागत मन्तब्य समाजकै कोषाध्यक्ष मुना नेपाल श्रेष्ठले गर्नुभएको थियो । त्यसैगरी मीठो आवाजमा सदस्य तोलाकान्त भट्टराई ले स्वागत गित प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम मा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव शोभाकान्त लामिछाने, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका आजिवन सदस्य वसन्त नेपाल ,नेपाली समाज ओमान का किरण राई, गैह्र आवासीय नेपाली संघ ओमान का दिपक श्रेष्ठ , ओमान नेपाली एकता समाजका छबिलाल बस्नेत, प्रवासी नेपाली मञ्च का गगन कार्की , जनसंपर्क समितिका सभापति फर्सुराम पोख्रेल, तामाङ समाज ओमान का प्रतिनिधि तेज बहादुर तामाङ , बुद्ध भिजनका ओमकार तामाङ , नेपाली महिला समूह ओमानकी उमा आचार्य , मगर संघ ओमान का गोम सारु मगर , तमु समाजका दिपक तमु, कृश्चियन फेलोसिप का संगम सिंह लगाएत सगरमाथा समूह ओमान का प्रतिनिधि हरुले आ( आफ्ना बिचार राख्नुभएको थियो । प्रवासमा कलाकारिता र साहित्य सृजना बिषयक उक्त गोष्ठी मा बोल्नुहुदै उपस्थित अतिथिहरुले समाजको ऐनाका रुपमा लिइने साहित्य ले देशका गतिबिधिहरुलाई नजिकबाट नियालेको बताउदै ।
स्वतन्त्र साहित्य र प्रगतिशील साहित्यमाथी प्रकाश पार्नुभएको थियो । बर्ग संगसंगै साहित्यको उत्पत्ति भएको भन्दै प्रवास को साहित्यले सामाजिक परिवर्तन मा हतियार को काम गरेको उल्लेख गर्नुभएको थियो ।
नेपाली समाजका प्रतिनिधि तथा मिर्मिरे सांस्कृतिक परिवार का संयोजक समेत रहनुभएका किरण राईले प्रवासमा रहेका कलाकार हरु यहाँ हुने गरेका नेपाली कार्यक्रम हरुमा राष्ट्रिय स्तरका कलाकार हरु लाई किन्ने होडबाजी चलिरहेको ले स्थानिय कलाकार हरु ओझेलमा परेको ठोकुवा गर्नुभएको छ । उहाले भन्नुभएको छ मौका मिले यहाका कलाकारहरु मा कुनै कमी नरहेको जिकिर गर्नुभएको छ ।
कार्यक्रम मा कृष्ण भुसाल प्यासी, अनुप पाण्डे, योगेश बानु राई , मुना नेपाल लगाएत सुशील पुन बिरहीले आ( आफ्ना गजल रचनाहरु बाचन गर्नुभएको थियो भने रञ्जित आचार्य र अनुप पाण्डेले आ ( आफ्ना एल्बम का गित गाएर थप रोचक बनाउनुभएको थियो । दर्शकहरुको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रम मध्याह्न १२स्०० बजेबाट चारबजेसम्म रहेको थियो ।
अन्त्यमा कार्यक्रम समापनको क्रममा बोल्नुहुदै अध्यक्ष दिल प्रसाद पौडेलले प्रवासमा डिउटीको आलावा साहित्य सृजना गरेर देश तथा बिदेश का घटना वा बिषयबस्तु लाई चितृत गर्दै सामाजिक जनचेतना फैलाउन भरमग्दुर प्रयास गरेको स्पष्ट पार्नुभएको छ ।
यसैबिच कार्यक्रम सम्पन्न पार्न सहयोग गर्नुहुने सबै संघ संस्था तथा शुभचिन्तक प्रती आभार ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो ।
