घोराही, १० माघ । त्रिपुर नगरपालिका नारायणपुरले ५० आयोजनाका उपभोक्ता समितिका पदाधिकारीहरु तथा अनुगमन समितिका पदाधिकारीको लागि शुरु गरेको एक दिने अभिमुखिकरण सकेको छ ।

नि. कार्याकारी अधिकृत विपना बर्तौला रेग्मीको अध्यक्षमा सम्पन्न कार्यक्रममा वोल्ने वक्ताहरुले समयमै भएको अभिमुखि कार्यक्रमले योजना कार्यान्वयनमा सहज हुने वताएका छन । साथै उनिहरुले योजना समयमा सम्पन्न गर्न आधार तयार भएको उल्लेख गरेका छन ।
अभिमुमुखिकरण समापन त्रमा संघिय थरुहट मंचकी शिला चौधरी,संघिय लोकतान्त्रिक मञ्चीकी सुनिता चौधरी, राजमोका चन्द्र वहादुर रावत,माओवादी क्रान्तिकारी पद्म प्रसाद अधिकारी,माओवादी केन्द्रका रमेश वली,एमालेका मतकुमार पौडेल लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा १ दखि १३ वडामा सञ्चालन हुने विभिन्न योजनाह्रुका उपभोक्ता समितिका अध्यक्ष कोषाध्यक्ष र अनुगमन समितिका संयोजकहरु ग्रि १ सय ५० जना वढीको सहभागीता रहेको थियो । अभिमुखिकरणको सहजिकरण योजना शाखा प्रमुख मधुसुदन खतिवडा, लेखा शाखा प्रमुख तारा भट्राई र कार्यक्रम अधिकृत विपना वर्तौलाले गरेकी थिइन् ।। कार्यक्रमको सहजिकरण कार्यक्रम संयोजक विवेक खड्काले गरेका थिए ।