झापा, १० माघ । एभरेष्ट बैंकबाट रकम झिकेर बाहिरिँदै गर्दा दिनदहाडै झापाको विर्तामोडमा एक महिला लुटिएकी छिन् ।

Untitled-1 copyइलाम दानाबारी–३ निवासी सञ्चमाया लावती आज दिउँसो लुटिएकी हुन् । उनका साथबाट रु एक लाख लुटेर लगेको पीडित लावतीले बताइन् ।

एभरेष्ट बैंकबाट रु ८२ हजार निकालेको र साथमा बोकेको बाँकी रकमसहित एक लाख लुटेर लगेको बताइएको छ । कुममा काउछो दलेर एक व्यक्तिले उनलाई एभरेष्ट बैंक अगाडिबाट लुटेको बताइएको छ । रासस