इन्द्रेणी संवाददाता
दाङ, १० माघ । दाङको तुलसीपुरमा यही माघ १३ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने मध्यपश्चिम क्षेत्रीय व्यापार तथा पर्यटन महोत्सव एवं औद्योगिक कृषि मेलाको मुख्य आकर्षणका रुवमा हिमालमा पाइने चौरीगाई, मरुभूमिका पाइने उट र विश्वकै सबैभन्दा अग्लो चरा अष्ट्रिज हुने भएका छन् ।
तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन हुन लागेको उक्त महोत्सवमा दर्शण्नीका लागि चौरी, उट र अष्ट्रिज ल्याइने आयोजकले बताएको छ ।
तुलसीपुरस्थित अरनिको मैदानमा आयोजना गरिने महोत्सवमा ५ लाख दर्शकले महोत्सव अवलोकन गर्ने २० करोडको आर्थिक कारोवार गर्ने र त्यसबाट १ करोड रुपैयाँ बहुउदेश्यीय सभागृह निर्माणका लागि बचत गर्ने लक्ष्य रहेको महोत्सव मूल आजोजक समितिका संयोजक विमल रिजालले जानकारी दिए ।
साथै महोत्सवले दाङसहित राप्ती अञ्चलको व्यापार, व्यवसाय, कृषि, पर्यटन, कला साहित्य, संस्कृतीको संरक्षण र प्रवद्र्धन गर्नमा टेवा प¥याउने छ ।
