दाङ, १० माघ । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको ५ नम्वर प्रदेशको प्रादेशिक कार्यालय दाङमा रहने भएको छ । ५ नम्वर प्रदेशमा रहेका १० वटा जिल्लाहरुका अध्यक्ष र महासचिवहरुको आज बाँकेको नेपालगञ्जमा सम्पन्न प्रादेशिक भेलाले प्रदेशको कार्यालय दाङमा राख्ने निर्णय गरेको हो ।

5625_1105eea1d7b2b0f4b28f0f67c03cc885_1426501746_Fप्रादेशिक कार्यालयको सचिवालयका रुपमा काम गर्नकालागि भेलाले जिल्ला महासंघ दाङलाई जिम्वेवारी पनि दिएको छ । प्रादेशिक भेलाले डढेलो सचेतना अभियान सञ्चालन गर्ने, बैज्ञानिक वन र साझेदारी वनका बिषयमा सवै जिल्लाहरुका छलफल चलाउने, वन अतिक्रमण हटाउन पहल गर्ने, तराई भूपरिधि कार्यक्रमसँग समन्वय गरी कार्यक्रम गर्ने लगायतका निर्णय गरेको भेलामा सहभागि वन महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटाले जानकारी दिए ।

वन महासंघ ५ नम्वर प्रादेशीक समितिका संयोजक महम्मद कर खाँको अध्यक्षता एंव वन महासंघका कन्द्रीय अध्यक्ष गणेश कार्कीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै वन महासंघका अध्यक्ष गणेश कार्कीले वनका क्षेत्रमा देखिएका सवावलाई सवैको सहकार्यबाट समाधान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वन महासंघका केन्द्रीय उपाध्याक्ष भिमप्रकाश खड्का, महासचिव भारती पाठक, सचिव बिर्षबहादुर शाही लगायतकाले आफाना विचार राखेका थिए ।