काठमाडौं, १०  माघ । नेकपा ( माओवादी ) ले लाइसेन्स वितरणमा अनियमितता गरेको, सेवाग्राहीलाई अनावश्यक झन्झट दिएको, ट्रायल फेल भएकाहरुलाई समेत घुस खाएर लाइसेन्स दिएको भन्दै यातयात प्रमुखलाई कालोमोसो दलेका छन् ।

967369334माओवादी सिराहाले सगरमाथा यातयात व्यवस्था कार्यालयका प्रमुख योगेश्वर खनालमाथि घुस खाएर लाइसेन्स दिएकोले कालोमोसो दलेको बताएको छ ।

२५ हजारका दरले पैसा खाएर ७५ बढी ट्रयाक्टरहरुको लाइसेन्स बनाएको तथा पदको दुरुपयोग गरी लाइसेन्स वितरणमा लाखौं भ्रष्टाचार गरेकोले आफ्नो पार्टीले खनालमाथि जानकारी गरेको नेकपा माओवादीले विज्ञप्तिमार्फत जनाएको छ ।

यसैगरी, नेकपा ९माओवादी० का कार्यकर्ताले भूकम्प लगत्तै पीडितलाई वितरण गर्न गरिद गरिएका त्रिपाल र जस्तापाता काण्डमा दोषी पाइएका नेपाल सरकारका सचिब अर्जुन कार्कीको रामधुलाई गरेका छन् ।

विहिवार दरवारमार्गस्थित नेपाल ट्रष्टको कार्यालयबाट फर्किदै गर्दा घर पुग्ने बेलामा उनीमाथि माओवादीका कार्यकर्ताहरुले रामधुलाई गरेका हुन् ।

कार्कीमाथि दुईजना माओवादी कार्यकर्ताले क्रिकेट व्याटले हिर्काएर उनलाई गाडीबाट वाहिर निकाल्ने कोसिस गरेको र गाडीको अगाडिको भागको सिसा फुटेको स्रोतले जनाएको छ ।

कार्की चढेको ७१७५ नम्वरको गाडीको अघिल्लो भाग क्षतिग्रस्त भएको जनाइएको छ । शहरी विकासमा रहँदा अकुत सम्पत्ति कमाएका कार्कीले कमाइएको एउटा हिस्सा अख्तियारलाई वुझाउँदै आएका थिए स्रोतले भन्यो ।

नेपाल ट्रष्टको कार्यालयमा गइसकेपछि पनि उनले ट्रष्टको सम्पत्तिलाई लिजमा दिने लगायतका काममा कमिसनको खेल खेल्दै थिए । ठुल्ठूला डिल र महिला सहयोगीसंगको रोमान्समा उनको समय व्यतित हुँदै आएको थियो, ट्रष्टकै एक कर्मचारीले भने ।

उनी भौतिक तथा यातायातमा रहँदा इम्वोस नम्वरमा पनि अथाह आर्थिक अपारदर्शिताका गतिविधि अघि वढाएको स्रोतको दावी छ ।

प्रायः हरेक कार्यालयमा जाँदा उनले कार्की वन्धुकै सेटिङ मिलाउने कोसिस गर्थे । सडकमा पनि उनले त्यस्तै सेटिङ मिलाएका थिए भने नेपाल ट्रष्टको कार्यालयमा पनि वीरेन्द्रको पालाका अधिकृत हाल सहसचिव लेखराज कार्कीलाई ट्रष्टमा आएको र आउनुपर्ने सम्पत्ति सोधखोजमा लगाएका थिए ,क्षेप्यास्त्रले जनाएको छ ।

‘दरबारको सम्पत्ति सोधखोजको जिम्मा लेखराज कार्कीलाई र टेण्डर आह्वानको जिम्मा आपूmलाई बनाएर अर्जुन त्यहाँ पनि ठूलै चलखेलको तयारीमा थिए । एकाध ठाउँमा उनी सफल पनि भए’ ट्रष्ट स्रोतले भन्यो । न्यूजअभियान डटकमबाट