unnamedदिपक बोहरा , तुलसीपुर १० माघ । आज भन्दा तीन वर्ष अघि तीन लाख बढीमा स्थानीयले प्रहरीको भवन बनाइदिएका थिए । तुलसीपुर १ हर्नेटीका  स्थानियले प्रहरीको भवन निर्माण गर्न श्रमदान मात्रै गरेका थिएनन् यातायातका साधनमा चन्दा समेत संकलन गरेका थिए । त्यहाँ अस्थाई प्रहरी चौकी स्थापना गर्न र चोरी तथा लुटपाट नियन्त्रण हुन्छ भन्ने आशाले स्थानीय बासीले त्यो सबै मेहनत गरेका थिए ।

कारण  त्यसक्षेत्रमा दिनदहाडै अपराधिक गतिबिधि हुँदै आएका थिए । दर्जनौ व्यक्ति लुटिएका थिए । रात्रिवसहरुमा लुटपाट बढेको थियो । त्यसैले  सुरक्षाका लागि स्थानीयले प्रहरीको साथ खोजेका थिए । स्थानीयले प्रहरीका लागि यो भवन २०७१ जेठमा निर्माण गरेका हुन । तरहालसम्म पनि यहाँ प्रहरी बसेको छैन । त्यसकारण हाल यो भवनको सदुपयोग भन्दा पनि दुरुपयोग हुन थालेको छ । प्रहरीका लागि निर्मित यो तीन कोठे भवन आजआएर कतिपय प्रेम साट्ने थलो बनेको छ । स्थनीयका अनुसार प्रहरी भवन छिल्लो समय प्रेम जोडिका लागि क्रिडास्थल जस्तै बनेको छ ।

प्रहरी भवन हाल एकान्त र गोप्य स्थान खोजिगर्ने प्रेम जोडिहरुको लागि प्रेम साट्ने स्थल बनेको छ । स्थानीय कलिभान रोकाले भने ‘ प्रहरी भवन प्रेम जोडिका लागि डेटिङ स्पष्ट जस्तै बन्न पुगेको छ । हामी आँफै अन्यौंलमा परेका छौं प्रहरीका लागि हामीले घर बनाएका थियौं कि प्रेमीका लागि  छुट्याउनै गाह्रो छ ।’ उनका अनुसार राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान–रुकुम सडक खण्ड अन्तरगत हर्नेटीको डगैरा भन्ने स्थानमा स्थानीयले निर्माण गरिदिएको अस्थायी प्रहरी पोस्टमा  प्रहरी नबस्दा हाल यो भवन प्रेम जोडीहरुको लागि क्रिडास्थल जस्तै बनेको हो ।

२०७१ सालको दशैंको आसपासमा दाङ–सल्यान– रुकुम सडक खण्डको साततलेदेखि राम्रीसम्म रात्रि बस लुटिएका थिए । मोटरसाईकलमा सवार दर्जनौं व्यक्तिहरुमाथि समेत लुटपाट भएको थियो । हातहतियार देखाएर लुटपाट बढेपछि स्थानीयले सुरक्षाको लागि प्रहरीको घर बनाएका थिए । तर प्रहरी नबस्नु र प्रेम जोडि तथा आगुऔषधका अम्मलीहरुले समेत यो एकान्त स्थलको प्रहरी भवनलाई प्रयोग गर्दै आएकोले फेरि स्थानीयवासी त्रसिद बनेको रोका बताउँछन् ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका तत्कालिन प्रमुख डिएसपी तुलबहादुर कार्कीले अस्थाई प्रहरी पोष्ट भवन निर्माण गर्न आग्रह गरेका थिए । उनले केही समय त्यहाँ प्रहरी अस्थाई रुपमा खटाएका पनि थिए । तर त्यो धेरै समय सम्म कायम रहन सकेन । प्रहरीको अभाव देखाउँदै प्रहरी त्यँहा खटाउन रोक लगाइएको थियो । ईप्रका तुलसीपुरका प्रमुख लोकनाथ निम्सिनाले
उक्त स्थान  प्रहरीका लागि असुरक्षित रहेकोले प्रहरी खटाउन नसकिएको बताए । डिएसपी तिम्सिनाले भने ‘ वरिपरी मानव वस्ति नहुनु, आवश्यक बन्दो बस्तिका सामान नहुनु र गुन्डाहरुको जगजगी भएकोले प्रहरीलाई समेत पठाउन नसकिएको हो ।’ कलिभान रोकाले पनि प्रहरीले उक्त  ठाँउ प्रहरीको लागि असुरक्षित रहेकोले पठाउन नसकिने बताउने गरेको जानकारी दिए ।

स्थानियको श्रमदान गरेर सुरक्षाको लागि उक्त भनव निर्माण गरेका थिए ।  त्यहाँका तीन वटा सामुदायीक बनबाट काठ  र दाङ–सल्यान–रुकुम गाडिबाट सहयोग संकलन गरेर झन्डै तीन लाखको लागतमा भवन निर्माण गरेको स्थानिय चेतमान सेजुवालले जानकारी दिए । ‘प्रहरी भवन निर्माण भएसंगै अपराधिक गतिबिधि कमी हुने आशा थियों’ उनले थपे ‘तर त्यो आशा आज निराशामा परिणत हुन थालेको छ।’ प्रहरी आउने भएपछि हामीले सुरक्षित हुन पाउने अनुभूति गरेका थियौं,स्थानीय हर्षित भएर भवन निर्माणमा जुटेकोले आजपनि प्रहरीको साथ जनताले खोजेको सेजवालले बताए ।

आउदो आर्थिक बर्षमा प्रहरी पठाउछौं : सिंह
यसैबीच जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी धिरजप्रताप सिंहले जनशक्ति अभाबमा  प्रहरी पठाउन नसकिएको बताएका छन्  । तर उनले उक्त भवनमा आउदो आर्थिक बर्ष २०७४÷०७५ मा प्रहरी खटाईने बताए । उनले राप्ती समाचारलाई भने‘ अहिले हामीसंग प्रयाप्त दरबन्दी छैन्, आउदो आर्थिक बर्षदेखि हामी त्यहाँ प्रहरी खटाउ प्रयास गर्छौं।’ अस्थाई प्रहरी चौकी सञ्चालनमा ल्याउनका लागि केन्द्रमा माग गरेको उनले जानकारी दिए । एसपी सिंहले अस्थाई प्रहरी चौकीमा १३ जना प्रहरी आबश्यक पर्ने भएकोले तत्काल त्यो व्यवस्थापन गर्न समस्या रहेको बताए ।  राप्ती समाचार