तुलसीपुर ९ पुस । नेपाली काग्रेस तुलसीपुर नगरपालिका वार्ड नं ५ इकाई सभापति मदल धितालले शनिवार काग्रेस नेता तथा पुर्व मन्त्री डा मिनेन्द्र रिजाललाई प्रश्न सोधे हामी कुन गुटका कार्यकर्ता औ नेता ज्यू भनिदिनु प¥यो ? गुटले पाटी विगारी सक्यो अहिले पनि ४ वटा गुट नेपाली काग्रेसमा छ भनिन्छ हामी गुन गुटमा पर्छाै ?
धितालले थपे पाटी केन्द्रमा बढेको गुटले तल्लो तहका कार्यकर्तालाई समेत विभाजन गर्न थाल्यो , कोहि देउवा गुट भन्छन, कोहि पौडेल गुट भन्छन कोहि सिटौला अनि कोहि खडका यो गुटको राजनीति कहिले सम्म चल्ने हो सिङगो नेपाली काग्रेस कहिले बन्छ ? अव गुट हैन सिङगो नेपाली काग्रेस बनाउनु प¥यो ?
नेपाली काग्रेस क्षेत्र नं चारले तुलसीपुरमा शनिवार आयोजना गरेको कार्यकर्ता प्रशिक्षण तथा भेटघाट कार्यक्रममा प्रमुख अतिथि रिजालाई यसरी नै सोधे । वडा सभापति धितालले अब काग्रेस भनेर मात्रै हुदैन गाउँमा काग्रेस बनाउन पाटीले के योजना ल्याएको छ । कति दिन सम्म बाउको अनुहार हेरेर छोरोलाई काग्रेस मान्ने ? कार्यक्रम मै ६ न वडा सभापति प्रताप खत्रीले भने गुटले पाटी चल्दैन यो अन्त्य गर्न नेतृत्व लाग्नु प¥यो । गुटकै कारण वडामा समेत समस्या आउन थाल्यो ।
फुलवारी गाउ इकाई समितिका कावा सभापति विनोद पाण्डेले पनि यहि कुरालाई प्रस्तुत गरे । पाण्डेले कार्यकताले नेतासंग सहयोग माग्दा गुटको पधवी लगाउने सस्कारको अन्त्य हुनु पर्ने वताए । जुन नेताले कार्यकर्ताले भनेको सुन्छ त्यसलाई कार्यकर्ताले पनि विश्वास गर्नु स्वभाविक हो तर त्यस्तोमा पनि गुटको संज्ञा दिइन्छ उनले भने । गुटले गाउँ सम्म छुन लागेको भन्दै यसको अन्त्य हुनु पर्ने वताए ।
वार्ड नं १ का सभापति खेमराज महतराले गुटकै कारण गाउँमा कार्यकर्ता जुजारु नभएको भन्दै कार्यकर्तालाई सक्रिय र जुजारु बनाउने गतिविधि सञ्चालन गर्न आग्रह गरे । मानपुर सभापति लालबहादुर गिरिले पाटीको केन्द्रीय नेतृत्व सुध्रीनु पर्ने वताए । उनले नेतृत्व चलायमान हुनु पर्ने गुट अन्त्य गरेर सुध्रीनु पर्ने उल्लेख गरे । कार्यक्रममा चार नं क्षेत्र भित्रका सम्पुर्ण इकाई सभापति, र भातृ संघठनका क्षेत्रीय सभापतिहरुले संगठनको अवस्थाका वारेमा जानकारी गराएका थिए । ृ
कार्यक्रममा प्रमुख अतिथि डा मिनेन्द्र रिजालले सबैका कुरा सुन्दै पाटीको इकाई अवस्था समेत बुझेका थिए । उनले पाटी क्रियाशिल रुपमा गइरहको भन्दै गुट भन्दा पनि नेतृत्वको विचार फरक फरक भएको वताए । उनले अव यो वा त्यो भन्दा पनि सबै एक भएर स्थानीय निर्वाचनको तयारीमा लाग्न निर्देशन दिए ।
पुर्व मन्त्री समेत रहेका रिजालले गाउँको संगठन बलियो भए मात्रै काँग्रेस बलियो हुने भन्दै गाउँको संगठन बलियो वनाउन आग्रह गरे । क्षेत्रीय सभापति जगत बहादुर खडकाको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सभापति कीर्ती बहादुर खडका, सासद बुद्धिराम भण्डारी निवर्तमान सभापति घनश्याम रेग्मी लगायतकाले वोलेका थिए । कार्यक्रमको सहजीकरण सचिव चूर्णबहादुर चौधरी र खिमबहादुर ओलीले गरेका थिए । राप्ती समाचार