इन्द्रेणी संवाददाता
दाङ, ८ माघ । लायन्स क्लब डिस्ट्रीक ३२५ बिटु नेपालका पूर्व गर्भरनर श्याम शाक्यले लायन्स कल्वले सय करोडको योजना ल्याएको बताएका छन् । लायन्स क्लव अन्र्तराष्ट्रियले एक शताव्ीद पुगेको अबसरमा सो योजना ल्याएको उनले बताएका हुन् ।
साक्यले समुदायमा सेवाको माध्यमबाट लायन्स क्लवको भूमिका स्थापीत हुँदै गएको चर्चा गर्दै विश्वमा समाजसेवी संस्थाको रुपमा स्थापित लायन्स क्लवले विभिन्न समयमा उदाहरणीय कार्य गरेको बताए ।
लायन्स क्लव अफ अरनिको तुलसीपुर दाङले शनिवार शान्ति उद्यान गणेशपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै साक्यले लायन्स क्लव अन्र्तराष्ट्रियले एक सय शताव्दी बर्ष मनाउन लागेको र सोही अबसरमा नेपाल सहित विश्वमा समाजिक कार्यलाई प्राथमिकता दिने जनारकारी दिए ।
