एजेन्सी, ८ माघ । पाकिस्तानको पाराचिनार शहरमा भएको बम बिस्फोटमा २० जनाको ज्यान गएको छ । कयौं मानिस घाइते भएका छन् । बिस्फोटमा ज्यान जानेको संख्या अझै बढ्न सक्ने विविसीले उल्लेख गरेको छ ।

downloadबम बिस्फोट तरकारी बजारमा भएको थियो । बम बिस्फोट भएको पाराचिनार शहर पाकिस्तानको उत्तर पश्चिमको कुर्रम जिल्ला तथा अफगानिस्तानको सीमा क्षेत्र नजिक पर्छ ।