इन्द्रेणी संवाददाता
दाङ, ८ माघ । तुलसीपुर उद्योग बाणिज्य संघले यही माघ १३ गतेदेखि आयोजना गर्न थालेको मध्यपश्चिम क्षेत्रीय व्यापार तथा पर्यटन महोत्सव एवं औद्योगिक कृषि मेला उद्घाटन गर्न पुर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित दलका शिर्षनेताहरु दाङ आउने भएका छन् ।
फोटो फाइल
तुलसीपुर उद्योग वाणिज्य संघको शनिवार सम्पन्न नियमित बैठकमा संघले आयोजना गर्न लागेको महोत्सव सफल र भव्य वनाउन सबै दलका नेताहरुलाई आमन्त्रण गर्ने निर्णय गरिएको संघका अध्यक्ष विमल रिजालले जानकारी दिए । माघ १३ गते हुन लागेको उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री देउवासहित विभिन्न दलका नेता एवं वर्तमान मन्त्रीहरु दाङ आउन लागेको समेत अध्यक्ष रिजालले जानकारी दिए ।
माघ १३ गते देखि २३ गतेसम्म तुलसीपुरस्थित अरनिको मैदानमा आयोजना गरिने महोत्सवमा पाँच लाख दर्शकलाई सहभागि गराउने, २० करोडको आर्थिक कारोवार गर्ने र त्यसबाट एक करोड रुपैयाँ बहुउदेश्यीय सभागृह निर्माणमा बचत गर्ने योजना रहेको संघका अध्यक्ष विमल रिजालले जानकारी दिए ।
महोत्सवको अहिले सम्म ९५ प्रतिशत तयारी पुरा भएको रिजालले जानकारी दिनुभयो यस क्षेत्रको व्यापार, व्यवसाय, कृषि, पर्यटन, कला साहित्य, संस्कृतीको संरक्षण र प्रवद्र्धन गर्न आफुहरु लागि परेको समेत रिजालको बताए ।
